२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
विदेश

युएईमा रहेका नेपालीको के छ अवस्था ?

banner

कोरोना भाइरस ( कोभिड १९) महामारी रोकथामका लागि सामाजिक दूरी कायम राख्न विश्वका धेरै देशमा हिजोआज लकडाउन गरिएका छन् ।

लकडाउनका कारण व्यापा उद्योग, कलकारखा र पर्यटन क्षेत्र ठप्प छ । यसले श्रमिक वर्गमा ठुलो असर परेको छ । यसबाट युएईमा रहेका नेपाली श्रमिक पनि अछुतो छैनन् । यहाँका कतिपय कम्पनीले कामदार कटौती गर्न थालेका छन् भने कतिपयले बेलतवी विदा दिएका छन् ।

युएईले अहिले यहाँको प्रमुख शहर दुवईलाई २४ घण्टा लकडाउन गरेको छ भने राजधानी अबुधाबीलाई बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुल्ला गरेको छ । यो अवस्थामा कार्यस्थल जान नपाइ कोठामा बसिरहेकाहरुको दैनिकी कसरी बित्दै छ त ? हामीले केही नेपालीहरुसँग कुराकानी गरेका छौं ।

झापाकी निर्जा भट्टराई चाहेर पनि काममा जान नसकिने बताउँछिन् । ‘काम गर्ने स्थान बन्द छ । नचाहँदा नचाहँदै पनि कोठामा बस्नुपरेको छ’ उनी भन्छिन् । कोठामा मात्र बस्नुपर्दा दिक्क भइने भन्दै उनले यस्तो बेलामा सिर्जनात्मक काममा व्यस्त राख्नुपर्ने बताइन् । ‘कोठामा बसेर नै आफूलाई सुरक्षित महसुस गरिरहेको छु’ निर्जाले भनिन् ।

युएईमा हस्पिटल, फुड डेलिभरी, सुरक्षा क्षेत्र लगायतमा काम गर्नेहरु भने रोजगारीमा गइरहेका छन् । कार्यस्थल र बाह्य क्षेत्रमा रहँदा अपनाइएको सुरक्षाका उपायबारे आबुधाबीमा फुड सर्भिसमा कार्यरत सुनसरीका तीर्थ राई सुरक्षित भएर काम गरिरहेको बताउँछन् ।

‘संक्रमितको दर बढिरहे पनि काम गर्नु परिरहेको छ । पञ्जा र मास्क लगाएर काम गरेका छौं, ती सामग्री कम्पनीले उपल्बध गराउँछ । यहाँको सरकारले पनि कामदारको सुरक्षामा विशेष ध्यान दिएको छ’ उनले भने ।

खाना पुर्‍याउन विभिन्न ठाउँमा जानु परे पनि अरु व्यक्तिसँग दूरी कायम गरेर काम गरिरहेको राई बताउँछन् ।

लकडाउनका कारण युएईमा नेपाली कामदारको समस्या दैनिक रुपमा बढ्दै छ । कम्पनीले बस्नका लागि व्यवस्थापन गरेको भए पनि कतिपयको मासिक तलव नपाउने भएकाले खान पनि समस्या छ । यहाँ रहेका नेपाली संघसंस्थाहरुले समस्यामा परेकाहरुको सहयोगमा तदारुकता देखाएका छन् । स्थानीय निकाय, नेपाली दूतावास र अन्य जिल्लागत संस्थाहरुसँग समन्वय गरेर समस्या समाधानमा पहल गरिरहेको नेपाल एसोसिएसनका म्यानेजिङ डाइरेक्टर रमेश श्रेष्ठ बताए ।

‘यहीँ कार्यरत र भिजिट भिसामा रहेकाहरु धेरै समस्यामा भएको जानकारी आउने गरेको छ । कम्पनीको भिसा सकिएको, भिजिटमा आएकोहरुले समिति पैसा लिएर आएकाले खानबस्न समस्यामा भएको जस्ता समस्या छन् । उहाँहरुको उद्धार र पहिचानका लागि हामीले समिति गठन गरेर काम गरिरहेका छौँ । तत्कालका लागि खानाको व्यवस्था मिलाएका छौं’ उनले भने ।

युएईमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ११ पुगेको छ । चारजना महिलासहित ११ जना नेपालीमा कोरोना संक्रमण भेटिएको दुतावासले जनाएको छ । संक्रमित भएका ११ जना नेपालीमध्ये दुईजना पुरुष चैत १० गते निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

बाँकी ९ जनाको अवस्था सामान्य रहेको र सफल उपचार भएको छ । दुतावासले यहाँको सरकारी निकायसँगको समन्वयमा दैनिक रुपमा नेपाली कामदारको अवस्थाबारे जानकारी लिइरहेको छ ।

आफ्ना नागरिकलाई आइपर्ने समस्या समाधानका लागि राजदूतसहित सबै कर्मचारी खटिएका छन् । कुनैपनि किसिमका समस्या आइपरेमा दुतावासमा सम्पर्क गर्न भनिएको छ ।

दूतावासका सबै कर्मचारीको सम्पर्क नम्बर दूतावासको वेवसाइट र सामाजिक सञ्जालमा राखिएको छ । साथै यहाँ रहेका नेपाली संघसंस्थाहरुले समेत त्यसमा समन्वय गरिरहेका छन् । यो अवस्थामा धैर्यता अपनाउन राजदूत कृष्णप्रसाद ढकालले आग्रह गरेका छन् ।

सरकारी तंथ्याकअनुसार २ लाख ७५ हजार नेपाली यहाँ कार्यरत छन् । उनीहरु खासगरी सेक्युरिटी गार्ड, होटल, ट्याक्सी चालक, सपिङ मल, सरसफाइलगायतका क्षेत्रमा कार्यरत छन् । धेरै नेपाली अहिले रोजगारी गुमाउदैछन् । कतिपयलाई कम्पनीले बेलतवी विदामा राखेको छ । कतिपय कम्पनी बन्द हुने अवस्थामा रहेकाले श्रमिक हटाउन् थालेका छन् ।

त्यसैले धेरै कामदारले घर फर्कन चाहेका छन् । तर अवस्था सामान्य नहुँदासम्म फर्कन सक्ने अवस्था छैन । नेपाल सरकारले कामदार फर्काउने विषयमा कुनै निर्णय नगरेका कारण यहाँ रहेका नेपालीलाई अब कसो गर्ने भन्ने द्विविधा छ ।

युएईमा शुक्रबारसम्म ३ हजार ३ सय ६० जना संक्रमित भएका छन् । १६ जनाको ज्यान गएको छ भने हालसम्म ४ सय १८ जना निको भएका छन् ।

ad

यो पनि पढौँ

नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक

कोर्पोरट आवाज डट कम

कोरोना अपडेट : विश्वभर २३९,६०४ को मृत्यु, ३,४०१,१९० संक्रमित

कोर्पोरट आवाज डट कम

भुटानी राजा भन्छन ‘म नेपालको प्रसूति गृहमा जन्मेको हुँ नेपालीहरुसँग मेरो घनिष्ट सम्बन्ध छ’…

कोर्पोरट आवाज डट कम

Leave a Comment