२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

कोरोना संक्रमणको आशंकामा साढे चार हजारको नमुना परीक्षण

banner

कोरोना भाइरसको आशंकामा हालसम्म चार हजार ४२६ जनाको नमुना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरसको आशंकामा हालसम्म ३ हजार ३९२ को कोरोना परीक्षण गरिएको बताए ।

हरेक दिन करिब ८ सय जनासम्म कोरोना भाइरसको आशंकामा नमुना संकलन गरेर परीक्षण भइरहेको उनले जानकारी दिए ।

“शनिवार (आज) देशैभरका अस्पतालका आइसोलेसनमा ८२ जना उपचाररत रहेका छन्,” उनले भने, “काठमाडौं उपत्यकामा १५ जना काठमाडौं बाहिर ६७ जना अस्पतालमा उपचाररत रहेका छन् ।”

त्यसैगरी, सात प्रदेशका क्वारेन्टाइनमा ८ हजार ८२ जना रहेका मन्त्रालयले जनाएको छ । र्यापिट टेष्ट किटबाट शुक्रबारबाट परीक्षण भइरहेको छ भने सुदुरपश्चिम जिल्लाका सबैमा यो किटबाट परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताए । 

“मन्त्रालयले सञ्चालनमा ल्याएको दुई वटा कल सेन्टर १११५ र ११३३ मा  तीन हजार ४० जनाको गुनासो सम्बोधन गरिएको छ,” उनले भने, “दार्चुलामा हाल नमुना संकलन गरिरहेको छ ।” हालसम्म संक्रमितको संख्या ९ रहेको तर एक जना निको भइसकेको छन् भने दुई जना टेकु अस्पतालमा, ४ जना सेती प्रादेशिक अस्पताल र धवलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

वीर अस्पताल र आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  पनि कोरोना परिक्षण गरिने मन्त्रालयले जनाएको छ । 

ad

यो पनि पढौँ

उपचार खर्च तिर्न नसकेर अस्पतालमा ४ दिनदेखि बन्धक सुत्केरी मुक्त, प्रधानमन्त्रीपत्नी शाक्यले बेहोरिन सबै खर्च

कोर्पोरट आवाज डट कम

पछिल्लो २४ घण्टामा २७६० जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या ४०१७

कोर्पोरट आवाज डट कम

कोरोना अपडेट : थप ४२५ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ९७४ पुग्यो

कोर्पोरट आवाज डट कम

Leave a Comment