४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

सनसिटीका तीनमध्ये दुईजनालाई कोरोना पुष्टि

banner

काठमाडौं । काठमाडौंको सनसिटीमा रहेका दुई जनालाई कोरोना पुष्टि भएको छ ।  यसअघि सोमबार र्‍यापिड टेस्टमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पताल लगिएको थियो ।

सोमबार उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । अहिले सनसिटी पूर्णरुपमा लकडाउन गरिएको छ ।

उनीहरुको स्वाब केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पनि कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार त्यहाँ रहेकामध्ये एकजनाको रिपोर्ट आउन बाँकी छ । बेलायतबाट आएकामध्ये ८१ वर्षीय वृद्ध, ५८ वर्षका छोरा र ५६ वर्षकी बुहारी भएको बताइएको छ ।

मन्त्रालय स्रोतका अनुसार ५६ वर्षीय बुहारीको फेरि पनि टेष्ट गरिँदैछ । बाँकी दुईजनालाई कोरोना पुष्टि भएको छ ।

ad

यो पनि पढौँ

लकडाउनको अवधि वैशाख १५ गते सम्म थप्ने निर्णय

कोर्पोरट आवाज डट कम

‘लकडाउन’ ५१ औ दिनमा : आजदेखि उल्लंघन गर्नेमाथि कडा कारवाहीको तयारी, भोलिदेखि सबै सवारी पास रद्द

कोर्पोरट आवाज डट कम

कोरोना खोप पूरा गरेर नेपाल आउनेहरू अब सिधै घर जान पाउने

कोर्पोरट आवाज डट कम

Leave a Comment