४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
विदेश स्वास्थ्य

बेलायतका प्रधानमन्त्रीलाई कोरोना निको भयो

banner

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पतालबाट फर्किनुअघि कोरोना भाइरस नेगेटिभ देखिएको छ । 

१० डाउनिङ स्ट्रिटका प्रवक्ताले सोमबार प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि गरिएको परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको बताएका हुन् । सोमबार अन्य कुनै स्वास्थ्य अवस्थाको जानकारी नदिइए पनि उनी तत्काल काममा नफर्किने बताइएको छ । 

५ अप्रिलमा लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना भएका प्रधानमन्त्री जोन्सन १२ अप्रिलमा अस्पतालबाट डिस्चार्ज भएका थिए । प्रधानमन्त्री जोन्सनले अस्पतालबाट डिस्चार्ज भएपछि नर्सलाई विशेष धन्यवाद दिएका थिए । 

जोन्सलाई २७ मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाका लक्षणहरु थप खराब हुँदै गएपछि ६ अप्रिलमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो । –सीएनएन 

ad

यो पनि पढौँ

क्यानडामा अन्धाधुन्ध गोली चलाउदा कम्तिमा १२ जनाको मृत्यु

कोर्पोरट आवाज डट कम

थप तीन जनामा कोरोना संक्रमण पुष्टि

कोर्पोरट आवाज डट कम

थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

कोर्पोरट आवाज डट कम

Leave a Comment