२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

कोरोना खोप पूरा गरेर नेपाल आउनेहरू अब सिधै घर जान पाउने

banner

कोरोना भाइरसविरुद्धको खोपको मात्रा पूरा गरी हवाई मार्ग हुँदै नेपाल आउने यात्रु अब सिधै घर जान पाउने भएका छन्।

सरकारले कोरोना खोप प्रमाणपत्र पाएका तथा परीक्षण रिपोर्ट नेगेटिभ भई हवाई मार्गबाट नेपाल आउने त्यस्ता यात्रुलाई‘ स्व–क्वारेन्टिन’ मा १० दिन बस्ने गरी सिधै घर जान दिने नियम ल्याएको छ।

सरकारले ‘विदेशबाट आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गरी उक्त नयाँ नियम ल्याएको हो। कोरोना संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आवागमन व्यवस्थित गर्न यो आदेश जारी गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार त्यसरी सिधै गन्तव्यस्थल जाने यात्रुले भरेको फाराम उल्लिखित विवरण सम्बन्धित डिसिसिएमसी र स्थानीय तहमा पठाउनुपर्ने छ। त्यसपछि सम्बन्धित डिसिसिएमसी र स्थानीय तहले उनीहरू क्वारेन्टिनमा बसे वा नबसेको अनुगमन गरी सिसिएमसीलाई प्रतिवेदन बुझाउनुपर्ने छ।

त्यस्तै होटल क्वारेन्टिन अवधि पूरा गरेका यात्रुले पिसिआर परीक्षण उपलब्धताका आधारमा सातौं दिनमा आफ्नै खर्चमा कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आए सम्बन्धित स्थानीय तहको अनुगमनमा थप चार दिन होम क्वारेन्टिन बस्ने गरी पठाउने सकिने आदेशमा उल्लेख छ।

तर, पिसिआर रिपोर्ट पोजिटिभ आए सम्बन्धित होटल र डिसिसिएमसीको समन्वयमा होम वा संस्थागत आइसोलेसन वा अस्पताल पठाइने छ।

त्यसैगरी ७० वर्षमाथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबालकसँगै आएका उनीहरूका आमा र बाबुका हकमा एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका कम्तिमा १० दिन स्थानीय तहको अनुगमनमा होम क्वारेन्टिन बस्ने गरी पठाउन सकिने नियम पनि आदेशमा समावेश छ।

त्यसबाहेक नेपालबाट विदेश प्रस्थान गर्ने यात्रुका हकमा मान्यताप्राप्त प्रयोगशालाबाट पछिल्लो ४८ घन्टाभित्रको वा गन्तव्य मुलुकको मापदण्डमा तोकिएबमोजिम अवधिको कोरोना परीक्षणको नेगेटिभ रिपोर्टको प्रमाण पेस गर्नुपर्ने छ।

ad

यो पनि पढौँ

आइतबारदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा हप्तामा ५३ उडान, कहाँ थपियो ?

कोर्पोरट आवाज डट कम

लकडाउनले समस्यामा परेका आयोजनालाई ६ महिनासम्मको म्याद थप

कोर्पोरट आवाज डट कम

ललितपुरबाट युरोकप फुटवलको बाटसट्टेबाज खेल्ने पाँच जना पक्राउ

कोर्पोरट आवाज डट कम