२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु

banner

 पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । नगर प्रमुख थापाका अनुसार, आज बुधबार ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको हो ।

स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको पनि थापाले जानकारी दिए ।

सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

८ चैतमा भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले पनि मतदान गरेकाले पाँच वटै ब्लकका बस्नेहरूको परीक्षण गर्न लागिएको हो ।

ad

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

कोर्पोरट आवाज डट कम

चीनसँगको सबै सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी

कोर्पोरट आवाज डट कम

सनराइज बैंकद्वारा गण्डकी प्रदेश सरकारलाई ५० थान पीपीई सहयोग

कोर्पोरट आवाज डट कम

Leave a Comment