४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश

चीनसँगको सबै सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी

banner

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् ।

ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको पाँच खर्ब डलर बच्ने बताए । ट्रम्पले दुई मुलुकको बीचमा हुने गरेको व्यापारलाई इंगित गरेका हुन् । चीनसँग अमेरिकाको वार्षिक खर्बौं डलरको व्यापार घाटा हुने गरेको छ ।

पछिल्लो केही समययता अमेरिकाले चीनसँग कोरोना भाइरसको क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएको छ । चीनमाथि अमेरिकाले कोरोना भाइरसको महामारीको शुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ ।

यद्यपि चीनले भने अमेरिकाको सबै आरोप अस्वीकार गर्दै आएको छ । पछिल्लो समय ट्रम्पले निरन्तर चीनको विरोध गर्दै आउनुलाई आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको एक रणनीतिको रुपमा लिइएको छ ।

स्रोत : बीबीसी

ad

यो पनि पढौँ

सर्लाहीका १५ सहित थप ३० जनामा देखियो कोरोना

कोर्पोरट आवाज डट कम

‘सरकार ! तिम्रो क्वारेन्टाइनमा रोगले होइन, चिसोले ज्यान जाने भो !’

कोर्पोरट आवाज डट कम

नयाँ वर्षका दिन बिहानै गुञ्जियो राष्ट्रिय गान

कोर्पोरट आवाज डट कम