२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार सूचना प्रविधि स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

banner

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ ।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

यो लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहनेछ ।

तर त्यसअघि नै लकडाउनको अवधि थप्ने निर्णय हुने स्रोतले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले लकडाउनको अवधि थप्न लागिएको एक मन्त्रीले बताए ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ ।

तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ । यो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।

यस्तै सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । अहिले सबै परिस्थितिको आँकलन भइनसकेकाले समग्र आर्थिक राहत प्याकेज घोषणाभन्दा दैनिक गुजरा चलाउन समस्या हुनेहरुको हकमा केही व्यवस्था गर्न लागिएको बताइएको छ ।

केही स्थानीय तहले वडा कार्यालयमार्फत विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई खाना खाने व्यवस्था मिलाइरहेको र अन्यत्र पनि यसलाई प्रभावकारी बनाउन आवश्यक बजेट प्रबन्ध गर्ने तयारी भइरहेको छ ।

यस्तै कोरोनाको महामारी फैलन नदिन स्थानीय तहलाई प्रभावकारी रुपमा परिचालन गर्ने तयारी छ । भारतमा लकडाउनको अवज्ञा भइरहँदा त्यसको असर नेपालको सीमा क्षेत्रमा नपरोस् भनेर सुरक्षा संयन्त्रलाई सतर्क गराइएको छ ।

यसैगरी चीनबाट ल्याइएका मेडिकल सामग्री कोरोनाको उपचारका लागि तोकिएका र अन्य अस्पतालहरुलाई वितरण गर्ने गरी मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिनउक्ने एक मन्त्रीले जानकारी दिए ।

ad

यो पनि पढौँ

मेगा बैंक १२औं वर्षमा: ५ वर्षका लागि रणनीतिक योजना तयार, बाढी–पहिरो पीडितलाई १२ लाख सहयोग

कोर्पोरट आवाज डट कम

‘वैदेशिक रोजगारीमा गएकालाई नेपाल ल्याउन पहल गर’

कोर्पोरट आवाज डट कम

काठमाडौं कोरोनाका बिरामीमुक्त भएको भन्दै प्रधानमन्त्रीबाट खुशी व्यक्त

कोर्पोरट आवाज डट कम

Leave a Comment