२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश

थामिएन अमेरिकामा कोरोना महामारी: मृतक ३७ हजार माथि, संक्रमित ७ लाख

banner

कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ।

नेपाली समय शनिबार बिहान सवा ६ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोनाबाट ३७ हजार १ सय ३५ जनाको मृत्यु भएको हो। यसैगरी यो भाइरसको संक्रमणमा पर्नेको संख्या ७ लाख ९ हजार २ सय १ पुगेको हो।

अमेरिकापछि कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी इटली र स्पेन आक्रान्त छन्।

इटलीमा कोरोनाका कारण यो खबर लेख्दासम्म २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ भने स्पेनमा २० हजार २ जनाको मृत्यु भएको छ।

यसैगरी कोरोना संक्रमितको संख्या स्पेनमा १ लाख ९० हजार ८ सय ३९ तथा इटलीमा १ लाख ७२ हजार ४ सय ३४ पुगेको छ।

ad

यो पनि पढौँ

काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

कोर्पोरट आवाज डट कम

बिजुली बन्द गर्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

कोर्पोरट आवाज डट कम

स्पेन र अमेरिकामा एकै दिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

कोर्पोरट आवाज डट कम

Leave a Comment