२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
विदेश

भर्जिनियामा एक नेपालीको दुखद निधन

banner

अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको दुखद निधन भएको छ । अमेरिकाको प्रसिद्ध फेनी मे नामक प्रतिष्ठानमा कार्यरत स्वर्गीय सुनिल श्रेष्ठ डिसी महानगर क्षेत्रको डिसी फुटबल क्लब (डिसिएफसी) खेलाडी पनि हुन् । केही महिना अगाडी एन्फाका पूर्व अध्यक्ष गणेश थापा अमेरिका आउँदा आयोजना गरिएको एक मैत्रीपूर्ण खेलमा उनले खेलेका थिए ।

डिसिएफसीका संयोजक चन्द्र लामा तथा उक्त क्लबका टोली प्रमुख बिज्ञान श्रेष्ठले गहिरो दुख व्यक्त गरेका छन् । मृतकका भाई अस्ट्रेलियाबाट र मृतकका मामा तेक्वान्दोका मुख्य प्रशिक्षक सन्तोष प्रधानले सान फ्रान्सिस्कोबाट यस बिषयमा लामा संग कुराकानी गरि रहेका छन् ।

उनी बस्ने रेस्टन शहरस्थित अपार्टमेन्टमा उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

उनी आफ्नो कार्यालयको नियमित बैठकमा २ दिन अगाडि सम्म सहभागी भइरहेका थिए । स्वर्गीय श्रेष्ठलाई भाइ मान्ने छिमेकी भारतीय महिला क्रिस्टेन धिङ्गले गत सोमबार आफ्नो घरमा स्वर्गीय श्रेष्ठ आएको जानकारी दिइन् ।

उनका अनुसार २ दिन अगाडि विहान आयोजित वैठकमा सहभागी भएका स्वर्गीय श्रेष्ठ मध्यान्ह आयोजना गरिएको वैठकमा सहभागी नभएपछि उनको खोजी सुरु भएको थियो । आफैं आयोजना गरेको वैठकमा अनुपस्थित भएपछि उनलाई कर्मचारीहरु र उनका भारतीय साथीहरुले खोजी सुरु गरेका थिए ।

पतिसंग सम्पर्क हुन नसकेपछि नेपालमा रहेकी पत्नीले छिमेकी क्रिश्टेनलाई गुहारेकी थिइन । क्रिश्टेन र उनका पतिले पटक पटक घण्टी वजाउंदा पनि ढोका नखुलेपछि अपार्टमेन्टलाई खवर गरेर प्रहरी वोलाइएको थियो ।

प्रहरीले चिकित्सक र एम्वुलेन्स कर्मचारी वाहेक कसैलाई पनि भित्र प्रवेश दिएको थिएन । आज विहान ९ः३० देखि करिव अपरान्ह २ः३० सम्म प्रहरीले आफ्नो अनुसन्धान जारी राखेको थियो । फर्कनु अघि प्रहरीले क्रिश्टेनलाई सुनिलको मृत्यु करिव १२ घण्टा अघिनै भएको जानकारी दिएको थियो । प्रहरीले सुनिलको शव अपार्टमेन्ट भित्रै ढलेको अवस्थामा भेटाएको थियो ।

चिकित्सकले स्वर्गीय श्रेष्ठलाई सीपीआर दिएर वचाउन कोशिस गरेको तर नसकेको क्रिश्टेनले वताइन । शव परीक्षणबाट थप केही जानकारी आए परिवारलाई उपलव्ध गराउने पनि प्रहरीले वताएको छ ।

मेरिल्याण्ड राज्यका नेपाली मूलका राज्य बिधानसभा सदस्य ह्यारी भण्डारीले यस दुखद क्षणमा नेपाली समुदायमा परेका यी समस्याहरुको समाधानको लागि सम्बन्धित नियकामा पहल गरिरहेको जानकारी दिएका छन् । अमेरिकामा रहेका कोरोना भाइरसबाट प्रभावित र निधन भएका नेपाली समुदायलाई सहयोग पुर्याउन विभानसभा सदस्य ह्यारी अहोरात्र खटीरहेका छन् ।

विधानसभा सदस्य भण्डारीले भर्जिनियामा मृत्युवरण गरेका स्व श्रेष्ठको पत्नीको ईच्छा अनुसार नेपाल शव पठाउने बिषयमा बिकल्प हुन् सक्ने र आफूले गर्न सक्ने कोसिस गर्ने बताए ।

डेलिगेट भण्डारीले चिकित्सा जाँच कार्यलयका जासुस याक्लिन नामक व्यक्ति संग कुरा गरि श्रेष्ठको मृत्यु भएको पुष्टि भएको छ । स्व सुनिल श्रेष्ठको नेपालमा एक ७ महिनाको छोरी र ५ बर्ष मुनिको एक छोरा रहेका छन् ।

उनका नजिकका नातेदार तथा आफन्तले नेपाली दुताबास पनि सम्पर्क गरेका छन् । स्व श्रेष्ठ अमेरिकी नागरिक हुन् । उनि ३/४ बर्ष अगाडी टेक्ससबाट डिसी क्षेत्र आएका हुन् ।

ad

यो पनि पढौँ

विश्वभरका ६ लाख बढी कोरोना संक्रमितले गरे स्वास्थ्यलाभ

कोर्पोरट आवाज डट कम

दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

कोर्पोरट आवाज डट कम

भारतको पश्चिम बंगाल सरकारले गर्‍यो मेची नाका सिल, आयात-निर्यात ठप्प

कोर्पोरट आवाज डट कम

Leave a Comment