५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ मनोरन्जन समाचार

घ्याम्पेडाँंडामा रमणीय दृश्यावलोकन गर्दै जीपलाईनको मज्जा

banner

भक्तपुर ।पछिल्लो समय भक्तपुरको पाइलट बाबा, घ्याम्पेडाँंडा ,रानीकोट क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । सुर्यविनायक नगरपालिका–७ मा अवस्थित यी क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने जाने क्रम बढेको छ ।

यसै क्षेत्रमा पर्यटकलाई उपत्यकाको रमणीय दृश्यावलोकन गर्दै जीपलाईनको मज्जा दिलाउन घ्याम्पेडाँंडामा अत्याधुनिक जीपलाइन निर्माण भएको छ । ‘योयो जीपलाइन’ नेपाल केमेलियन प्रा.लि. अन्तर्गत निर्माण र सञ्चालन भएको हो । प्रा.लि.का सञ्चालक विज्ञान राईले जीपलाइनको निर्माण लागत रु २६ करोड रहेको बताउनुभयो ।

जीपलाइन अन्तर्गत १ हजार २ सय मिटरको जीपलाइन, ४ सय ५० मिटरको सर्ट जिपलाइन, स्काई साइक्लिङ, क्यानोपी साइक्लिङ, स्विइङ, ट्रि–हाउस भ्यू, होमस्टे, होटेल र रेस्टुरेन्ट सेवा सञ्चालन ल्याउने गरी तयारी गरिएको सञ्चालक राईको भनाई छ ।जीपलाइन सेवा अघिल्लो वर्षको वैशाखदेखि नै सञ्चालनमा लक्ष्य लिइएको थियो । तर, कोरोनाभाइरस महामारीसँगै सरकारले घोषणा गरेको लकडाउनपछि सेवा सञ्चालनमा ढिलाइ भएको हो । त्यसो त पछिल्लो पटक निषेधाज्ञा जारी हुनुभन्दा अगाडि करिब ३ महिना जीपलाइन सञ्चालनमा आएको थियो ।

योयो जीपलाइनका अपरेसन म्यानेजर जीभकृष्ण ताम्राकारले संचालनका लागि सबै प्रकारले तयारी अवस्थामा रहकोे र सरकारले सेवा सञ्चालनको अनुमति दिने बित्तिकै सबै प्रकारका सेवा सञ्चालन सुरु गरिने बताउनुभयो ।साहसिक पर्यटनको अनुभव लिन सकिने र १÷२ घण्टादेखि १÷२ दिनसम्मको बसाइँका लागि समेत जीपलाइनले सेवा दिन सक्ने अवस्था रहेको उहाँको भनाइ छ । जीपलाइन बाहेक रात बिताउन चाहनेलाई आफ्नै होमस्टे, दिनमा रमाउन चाहनेलाई डे–पिकनिकदेखि होटेल रेस्टुरेन्टसम्मका सेवा समेत एकै ठाउँबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

अहिले कम्पनीले आफ्नै परिसरमा करिब ६० जना क्षमताको होटेल निर्माण गर्दैछ । त्यस्तै होमस्टे सेवा पनि सञ्चालनको अन्तिम चरणमा रहेको अपरेसन म्यानेजर ताम्राकारको भनाई छ । कम्पनीले हाल १४ जना प्राविधिकसहित ४० जना कर्मचारीबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
२ हजार किलोग्राम लोडलाई सहजै धान्नसक्ने जीपलाइनको क्षमता छ। जीपलाइन चढ्न चाहनेलाई सुरक्षाबारे सुरुमै काउन्सिलिङ गर्ने भएकोले अनावश्यक रुपमा आत्तिने र डराउने समस्या समेत कम हुने कम्पनीको दाबी छ ।

जीपलाइनका टेक्निकल इन्चार्ज दिनेश रायमाझीका अनुसार क्लाइन्ट डराउने वा अन्य कारणले समस्या भयो भने पनि तुरुन्त रेस्क्यु गर्ने व्यवस्था रहेको बताउनुभयो ।कम्पनीले कानुनी व्यवस्था र सम्भावित दुर्घटनाको क्षति न्यूनीकरणका लागि अजोड इन्स्योरेन्ससँग सहकार्य गरेर प्रत्येक सेवाग्राहीको १० लाख रुपैयाँ बराबरको बीमा समेत कम्पनीले गरेको बताउनुभयो ।हाल १२०० मिटरको जीपलाइनका लागि सिङ्गलको ३ हजार रुपैयाँ, जोडीका लागि ३ हजार ५ सय रुपैयाँ र सुपर म्यानका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । ४५० मिटरको सर्ट जिपलाइनका लागि सिङ्गलको १ हजार ५ सय रुपैयाँ, जोडीका लागि २ हजार ५ सय रुपैयाँ र सुपर म्यानका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीका एकाउन्ट म्यानेजर दीपेन्द्र प्रजापतिले जानकारी दिनुभयो ।

स्काई साइक्लिङका लागि एकतर्फी १ हजार ५ सय र दुईतर्फी २ हजार रुपैयाँ, क्यानोपी साइक्लिङका लागि एकतर्फी १ हजार ८ सय र दुईतर्फी २ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । स्विइङको शुल्क भने ४ हजार रुपैयाँ तोकिएको छ । भिडियो खिच्नेको हकमा थप ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको प्रजापतिको भनाइ छ ।योयो जीपलाइनले सेवा सञ्चालन लगत्तै २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । समूहमा आउनेका हकमा ४० प्रतिशतसम्म छुट दिन सकिने जनाइएको छ ।

एक दिनमा ६ सय भन्दा बढीलाई सेवा दिन सक्ने क्षमता रहेको छ । जीपलाइनका लागि सस्तोटिकट, रोजबेरी होम्स लगायतसँग सहकार्यमा बुकिङको व्यवस्था समेत गरिएको छ । २०७६ मङ्सिरमा जीपलाईनको शिलान्यास गरिएको थियो ।तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरी जीप लाईनको निर्माण गरिएको हो ।कोभिड सङ्क्रमणले यसलाई समेत निर्माणाधीन अवस्थामै प्रभाव पारेको छ ।

१७४१ फिटको उचाइमा रहेको उक्त स्थान उपत्यकाकै प्रदूषण कम भएको ठाउँको र १७ वटा मनोरम हिमाली शृङ्खलाहरूको साथमा उपत्यकाका तीन वटै शहर देखिने क्षेत्र हो ।सञ्चालक बिज्ञान राईले उपत्यका मै पहिलो पटक सञ्चालन भएको जिप लाईन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्ने बताउनुभयो ।

ad

यो पनि पढौँ

भरतपुर कोरोना अस्पतालका कर्मचारीले चोरे चप्पल, मास्क र सेनिटाइजर, १५ दिनपछि छानबिन समिति

कोर्पोरट आवाज डट कम

२२ अर्ब बढी वैदेशिक ऋण लिने सरकारको निर्णय

कोर्पोरट आवाज डट कम

विज्ञको चेतावनी : नेपाली सेनालाई खरिद–बिक्री र ठेक्कापट्टामा लगाउँदा पाकिस्तानको हालत हुन सक्छ

कोर्पोरट आवाज डट कम