४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन समाचार

ब्वाइफ्रेन्डसँग बन्जीजम्पमा रमाउँदै पूजा !

banner

काठमाडौं । नायिका पूजा शर्मा र युद्ध बानियाँ केही समययता प्रेममा छन् । आकाश श्रेष्ठसँग ब्रेकअप भएपछि पूजा अहिले अर्का एक नयाँ युवकसँग डेटिङमा छिन् । व्यापारी समेत रहेका युवक युद्ध बानियाँसँग अहिले पूजाको प्रेम सम्बन्ध भएको चर्चा छ ।

सार्वजनिकरुपमा प्रेम सम्बन्धलाई स्वीकार नगरेपनि यी दुई केही समयदेखि डेट गरिरहेका छन् । सँगै घुम्ने, कफी पिउने र सपिङमा निस्किएका उनीहरुका भिडिओ र तस्विर सार्वजनिक पनि भएका छन् ।

यसैसाता युद्ध र पूजा केही सहयोगीसँग पर्वतको कुस्मा पुगे जहाँ उनीहरुले सँगै बन्जीजम्पको मजा पनि लिए । टीकटकमा यी दुईले बन्जी जम्पको भिडिओ पनि पोस्ट गरेका छन् । एकै ठाउँ र एकै समयमा बन्जी जम्प गरेको टीकटक पोस्ट देख्न सकिन्छ ।स्रोतका अनुसार पूजा र युवक यसैवर्ष विहेको तयारीमा छन् र सम्बन्धलाई लिएर गम्भीर पनि । गत फागुनमा पूजाले दिदीहरुमार्फत युद्धलाई भेटेकी थिइन् । भेट भएको सात महीनामा उनीहरुले भविष्यको योजना पनि बुनेका छन् । हेटौंडाका युद्ध अहिले ललितपुर सातदोबाटोमा बस्दै आएका छन् ।

ad

यो पनि पढौँ

ठमेलबाट चिनियाँहरुको घिनलाग्दो हर्कत बाहिरियो, रंगेहात यस्तो अवस्थामा भेटिएपछि नेपाल प्रहरीले लगायो हतकडी !

कोर्पोरट आवाज डट कम

कोकिनको कारोबार गर्ने ९ जना पक्राउ, पौने ८ लाख रुपैयाँ बरामद

कोर्पोरट आवाज डट कम

पछिल्लो २४ घण्टामा २७६० जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या ४०१७

कोर्पोरट आवाज डट कम