५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन समाचार

ब्वाइफ्रेन्डसँग बन्जीजम्पमा रमाउँदै पूजा !

banner

काठमाडौं । नायिका पूजा शर्मा र युद्ध बानियाँ केही समययता प्रेममा छन् । आकाश श्रेष्ठसँग ब्रेकअप भएपछि पूजा अहिले अर्का एक नयाँ युवकसँग डेटिङमा छिन् । व्यापारी समेत रहेका युवक युद्ध बानियाँसँग अहिले पूजाको प्रेम सम्बन्ध भएको चर्चा छ ।

सार्वजनिकरुपमा प्रेम सम्बन्धलाई स्वीकार नगरेपनि यी दुई केही समयदेखि डेट गरिरहेका छन् । सँगै घुम्ने, कफी पिउने र सपिङमा निस्किएका उनीहरुका भिडिओ र तस्विर सार्वजनिक पनि भएका छन् ।

यसैसाता युद्ध र पूजा केही सहयोगीसँग पर्वतको कुस्मा पुगे जहाँ उनीहरुले सँगै बन्जीजम्पको मजा पनि लिए । टीकटकमा यी दुईले बन्जी जम्पको भिडिओ पनि पोस्ट गरेका छन् । एकै ठाउँ र एकै समयमा बन्जी जम्प गरेको टीकटक पोस्ट देख्न सकिन्छ ।स्रोतका अनुसार पूजा र युवक यसैवर्ष विहेको तयारीमा छन् र सम्बन्धलाई लिएर गम्भीर पनि । गत फागुनमा पूजाले दिदीहरुमार्फत युद्धलाई भेटेकी थिइन् । भेट भएको सात महीनामा उनीहरुले भविष्यको योजना पनि बुनेका छन् । हेटौंडाका युद्ध अहिले ललितपुर सातदोबाटोमा बस्दै आएका छन् ।

ad

यो पनि पढौँ

चीनबाट साउन १५ गतेभित्र ३२ लाख खोप ल्याइने, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

कोर्पोरट आवाज डट कम

सर्वाेच्चद्वारा उपचार गर्न नमान्ने स्वास्थ्य संस्थाको विवरण पेश गर्न सरकारसँग माग

कोर्पोरट आवाज डट कम

गाडी किन्ने र बेच्नेका दुःखः पैसा छैन, कर्जा पाइन्न

कोर्पोरट आवाज डट कम