२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

banner

 उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आशंका गरिएको छ ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यसमध्ये, ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुन: परीक्षणका लागि पठाइएको हो । कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछि मात्र थाहा हुने ती चिकित्सकले बताए ।

ad

यो पनि पढौँ

नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको छ, सजग रहौं : प्रधानमन्त्री ओली

कोर्पोरट आवाज डट कम

लकडाउनले रोकेन बिजुलीको तार बिछ्याउने काम

कोर्पोरट आवाज डट कम

बैंकलाई फेरी कडाइ, सिमित पासले कसरि दिंदैछन बैंकिङ सेवा ?

कोर्पोरट आवाज डट कम

Leave a Comment