२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

११ बजे मन्त्रीपरिषद बैठक बस्दै, अध्यादेशका बारेमा निर्णय हुनसक्ने

banner

अहिले बिहान ११ बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ।

एक मन्त्रीका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले जारी भएका दुई अध्यादेशका बारेमा छलफल गर्ने अनुमान गरिएको छ।

आज ती अध्यादेश फिर्ता गर्ने निर्णय पनि हुनसक्ने बताइएको छ।

मन्त्रीपरिषदको बैठक सोमबार नियमित रुपमा बस्ने गर्छ। यो आकस्मिक बैठक भएकाले अध्यादेशका बारेमा निर्णय हुनसक्ने अनुमान गरिएको हो।

सोमबार सरकारले दल विभाजनका लागि खुकुलो पार्ने र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि हुने अध्यादेश ल्याएको थियो।

अध्यादेशको विपक्षी दलसहित स्वयं नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सरकारकै मन्त्रीहरूबाट विरोध भएको थियो।

बिहीबार भैसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ६ जना सचिवालय सदस्यको भेलाले सरकारले जारी गरिएका अध्यादेश फिर्ता गर्नुपर्नेसँगै सचिवालय तथा केन्द्रिय कमिटीको बैठक गर्नुपर्ने निर्कर्ष निकालेको थियो।

यसअघि बुधबार २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाएका थिए।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच बिहीबार भएको कुराकानीमा ओली अध्यादेश फिर्ता गर्न सकारात्मक भएको बताइन्छ।

ad

यो पनि पढौँ

युवा संघद्वारा राहदानी विभाग घेराउ

Corporate Aawaj

काठमाडौंमा मेघगर्जनसहित हावा हुरी र वर्षा

कोर्पोरट आवाज डट कम

२६ लाख जाेगाउन महिलाले चिन्न अस्वीकार गरिन् आफ्नै श्रीमान्

कोर्पोरट आवाज डट कम

Leave a Comment