२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

पत्नी हत्यामा थुनामा रहेका पूर्व डीआईजी काेइराला रिहा, ‘रिसिभ’ गर्न प्रेमिका पुगिन्

banner

पत्नीको हत्या पुष्टि भएपछि आजीवन कारावासको सजाय भोग्दै आएका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला आज रिहा भएका छन् । 

डिल्लीबजार कारागारमा सजाय काटिरहेका उनी मध्याह्न १२ बजेतिर रिहा भएका हुन्। कोइरालाको आजीवन कारावासको सजाय सर्वोच्च अदालतले घटाइदिएपछि उनी थुनामुक्त भएका हुन् ।

सशस्त्र प्रहरी बलको डीआईजी रहेकै बेला २७ पुस २०६८ मा उनले बुढानीलकण्ठस्थित घरमा पत्नी गीता ढकालको हत्या गरेका थिए । हत्यापछि गीताको शव मकवानपुर जिल्लाको जंगलमा लगेर जलाएको तीन तहकै अदालतमा पुष्टि भएको थियो 

काठमाडौं जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई सर्वश्वसहित जन्मकैदको सजाय गरेका थिए, त्यस विरूद्ध कोइराला सर्वोच्च अदालत पुगेका थिए ।

१५ असार २०७७ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको सजाय घटाइदिएको हो ।

सर्वोच्च अदालतले जन्मकैद बढी हुने भन्दै साढे ८ वर्ष मात्रै कैद गर्दा पनि ‘सजायको मकसद पूरा हुने’ भन्दै कैद घटाउने निर्णय गरे अनुसार उनी ८ वर्ष ६ महीना कैदमा बसेर आज रिहा भएका हुन् । कोइराला ८ माघ २०६८ मा पक्राउ परेका थिए ।

डिल्लीबजार कारागारबाट थुनामुक्त भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालालाई ‘रिसिभ’ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी छन् । 

यता रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । गीताको हत्या गरेर जेल परेका रञ्जन रिहा हुँदा उनका छोराहरु रिसिभ गर्न आएनन् ।

बा १८ च ५४१७ नम्बरको कार चलाएर प्रेमी कोइरालालाई रिसिभ गर्न प्रेमिका रेग्मी डिल्लीबजार कारागार पुगेकी हुन् । 

ad

यो पनि पढौँ

गायिका दिलमायाको हत्या भएको पुष्टि

Corporate Aawaj

सर्लाहीका १५ सहित थप ३० जनामा देखियो कोरोना

कोर्पोरट आवाज डट कम

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज (निर्णय सहित)

कोर्पोरट आवाज डट कम