२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

लेले जंगलमा अल्का अस्पतालकी कर्मचारीको शव फेला, हत्या आशंकामा एक जना पक्राउ

banner

ललितपुरको अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको शव फेला परेको छ।

बुङ्गमती बस्ने उनको गोदावरी नगरपालिका-१० मूलडोलस्थित लेले जंगलमा शुक्रबार राति शव फेला परेको हो।

महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्ण ओझाका अनुसार उनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।

शुक्रबार राति नै उनको शव फेला परे पनि राति भएको हुँदा शवको मुचुल्का शनिबार बिहान मात्रै उठाएको थियो।

‘हिजो राति शव फेला परेको थियो। उनी अल्का अस्पतालमा काम गर्ने कर्मचारी हुन्,’डिएसपी ओझाले सेतोपाटीसँग भने,’हामीले डग स्कुलबाट दुइटा कुकुर पनि बोलाएका थियौं।’

उनका अनुसार ती दुई प्रिन्स र विजय नामक कुकुरको सहायताले उनको ‘ह्यान्ड ब्याग’ फेला परेको हो। त्यसमा अल्का असस्पतालको आइडी कार्ड फेला परेको उनले बताए।

‘केही दिन अघि उनी हराएको निवेदन ललितपुर परिसरमा परेको थियो। हामीले फेला पारेको आइडीले उनी हुन् भन्ने पुष्टि भएको छ,’उनले भने।

प्रहरीले हत्या गरेको आशंकामा उनका नाता पर्ने एक जना पुरूषलाई पक्राउ गरिसकेको छ। भैंसीपाटीबाट ‘भतिज’ पर्ने निर्मल केसीलाई पक्राउ गरेको हो।

गीताको अनुहारमा चोट समेत लागेको डिएसपी केसीले बताए।

उनको शव पोष्टमर्टमको लागि पाटन अस्पताल पठाइएको छ।

ad

यो पनि पढौँ

जेठ ५ पछि ठाउँ हेरी लकडाउन खुकुलो हुनसक्छ : विष्णु रिमाल

कोर्पोरट आवाज डट कम

सर्वाेच्चद्वारा उपचार गर्न नमान्ने स्वास्थ्य संस्थाको विवरण पेश गर्न सरकारसँग माग

कोर्पोरट आवाज डट कम

तराईका २० जिल्लामध्ये १६ मा कोरोना संक्रमण

कोर्पोरट आवाज डट कम