४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

मुख्यमन्त्री गुरुङ्ग विश्वासको मत लिन असफल

banner

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग विश्वासको मत लिन असफल भएका छन् । आज विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव गरेपछि उनले आवश्यक न्यूनतम ३१ मत प्राप्त गर्न नसकेपछि असफल भएका हुन् । तर, उनले विश्वासको मत लिन नसक्ने निश्चितप्रायः भएको छ ।

कुल ६० जना प्रदेश सभा सांसद रहेको प्रदेश सभामा विश्वासको मतको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो । एकजना स्वतन्त्र सांसद अनुपस्थित रहे । राजमोको कृष्णचन्द्र थापा तटस्थ बसे ।

नेकपा एमालेको २७ र राष्ट्रिय जनमोर्चाको १ गरी २७ मत विश्वासको मतको पक्षमा परेको थियो । नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको ११, जसपाको २, राष्ट्रिय जनमोर्चाको २ गरी ३० मत विपक्षमा परेको थियो ।

विश्वासको मत लिन असफल भए सविधान बमोजिम प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकारको आव्हान गर्नेछिन् । त्यतिबेला काँग्रेसका कृष्णचन्द्र नेपालीले बहुमतको दाबी प्रस्तुत गर्ने तयारी भइसकेको छ ।

नेपालीले बहुमतको दाबी सिद्ध गर्न काँग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, राजमोका २ का अलावा स्वतन्त्र सांसद दिपक मनाङको समर्थन आवश्यक हुन्छ । सभामुखले राजीनामा दिएर बढेमा पनि नेपालीको पक्षमा बहुमत पुग्छ । बहुमतका लागि त्यस्तो सम्मको तयारी भएको बुझिएको छ ।

ad

यो पनि पढौँ

फोहोर व्यवस्थापनका लागि बालेनको यस्तो आइडिया

कोर्पोरट आवाज डट कम

रिकिन्डसनमा खोजी हुन थाल्यो किया सेल्टोस, बिक्री गर्ने ग्राहक नभेटिंदा कारोबार न्यून

कोर्पोरट आवाज डट कम

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) बाट मुत्यु

कोर्पोरट आवाज डट कम