२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृहले दिएन अनुमति

banner

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउन पास नदिइने भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय भएको हो।

बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो। तर गृहले सो निवेदन पनि खारेज गरेको हो।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार शाहले कारणमा काठमाडौं जाने भन्दै पासका लागि निवेदन गरेका थिए।

गृह मन्त्रालयले दुई वटा कारणलाई मात्रै पास दिने भएकाले शाहलाई दिन नसकिएको जनाएको छ। मृत्यु संस्कार र बिरामीका लागि चिकित्सकको सिफारिस भएमा मात्रै सवारी पास दिइने गरेको गृहले जनाएको छ।

तर शाहको निवेदनमा यी दुवै कारण नपर्ने भएपछि सिफारिस नदिइएको गृहको भनाइ छ।

ad

यो पनि पढौँ

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राखेर सार्वजनिक यातायात खोल्ने तयारी, प्रजिअहरूको बैठक बस्दै

कोर्पोरट आवाज डट कम

बाढी र पहिराेकाे जाेखिम भन्दै माैसम पूर्वानुमान महाशाद्वारा सतर्क रहन आग्रह

कोर्पोरट आवाज डट कम

अत्यावश्यक नभई राहदानीका लागि काठमाडौं नआउन राहदानी विभागको अनुरोध 

Corporate Aawaj