२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

‘जुम्ल्याहा’ मोटरसाइकलः एक चालक प्रहरी सम्पर्कमा, अर्काको खोजी जारी

banner

काठमाडौं । आज गौशालामा भेटिएका एकै नम्बर प्लेटका दुईवटा मोटर साइकलमध्ये एउटाका चालक प्रहरी सम्पर्कमा पुगेका छन् । ती चालकलाई ट्राफिक प्रहरीले कोटेश्वरमा भेट्टाएपछि उपत्यका ट्राफिक कार्यालय लगेका थिए ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासका अनुसार उनले आफ्नो सबै कागजपत्र प्रहरीलाई देखाएका छन् । प्रारम्भिक परीक्षणमा उनको कागजपत्र सक्कली पाइएको दासले जानकारी दिए ।

‘पहिलो मोटरसाइकलका कागजपत्रमा त्रुटि देखिएको छैन । तर, अर्को नभेटुञ्जेलसम्म अनुसन्धान जारी राख्छौं’, उनले भने ।

ती चालकले आफ्नो ब्लूबुक छाडेर मोटरसाइकल लिएर हिँडेका छन् । प्रहरीले अर्का चालकको खोजी गरिरहेको छ । उनी भक्तपुर सूर्यविनायकतर्फ लागेको सीसीटीभी फुटेजमा देखिएको छ ।

प्रदेश ०२-०२२ प २३८० नम्बरको दुईवटा मोटरसाइकल बुधबार बिहान गौशालाको जाममा देखिएका थिए । सँगै देखिएका ती दुई मोटरसाइकलको नम्बर मिलेपछि पछिपछि आइरहेका एक व्यक्तिले तस्वीर खिचेर सार्वजनिक गरेका हुन् ।

यातायात व्यवस्था विभागको गल्ती वा दुईमध्ये एउटा मोटरसाइकल चोरीको हुन सक्ने प्रहरीको अनुमान छ ।

ad

यो पनि पढौँ

औषधि खरिदमा अनियमितता गर्नेलाई बर्खास्त गर : कांग्रेस

कोर्पोरट आवाज डट कम

सीडी रेसियो ९५ बनाउनु पर्ने, व्यापारीलाई भन्दा उद्योगीलाई ४ प्रतिशत कम व्याजमा कर्जा

कोर्पोरट आवाज डट कम

सरकारलाई प्रियङ्काको अनुरोध

कोर्पोरट आवाज डट कम