२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

banner

नेपालमा थप १७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

उनीहरू आइतबार भेटिएका वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषका परिवारका सदस्यहरू हुन् ।

थपिएका संक्रामितहरूलाई उपचारका लागि नारायणी अस्पताल ल्याउने तयारी छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

ad

यो पनि पढौँ

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता, नेपाललाई १० लाख डोज खोप दिने घोषणा

कोर्पोरट आवाज डट कम

सेयर बजारको समस्या मिलेर समाधान गरौं

कोर्पोरट आवाज डट कम

११ बजे मन्त्रीपरिषद बैठक बस्दै, अध्यादेशका बारेमा निर्णय हुनसक्ने

कोर्पोरट आवाज डट कम