४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

१७ संक्रमित भेटिएपछि वीरगञ्जका विभिन्न क्षेत्र सिल

banner

 वीरगञ्जमा बुधबार एकै दिन १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले संक्रमित भेटिएको क्षेत्र सिल गरेको छ ।

जिल्ला प्रशानसन कार्यालयले वीरगञ्ज महानगरपालिकाको छपकैया क्षेत्र र वरपरका केही क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुुरक्षा समितिको बैठकले विभिन्न क्षेत्रलाई सिल गर्नुको साथै लकडाउन अझै कडा पार्ने निर्णय गरेको हो ।

त्यस्तै कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र कन्टुयाक्ट ट्रेसिङ गरी चेकजाँच तीब्र पार्ने, अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन निषेध गर्ने निर्णय सुरक्षा समितिले गरेको छ ।

१७ जनालाई एकैपटक कोभिड–१९ पोजेटिभ देखिएपछिको अवस्थाको विश्लेषनात्मक समीक्षा पछि विभिन्न क्षेत्रलाई सिल गर्ने र लकडाउनमा कडाई गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

ad

यो पनि पढौँ

कीर्तिपुरमा सडकमै मृत भेटिए मजदुर

कोर्पोरट आवाज डट कम

काठमाडौंमा थालियो राहत वितरण, परिवारअनुसार चामलसहितको प्याकेट हुने

कोर्पोरट आवाज डट कम

भक्तपुरका कोरोना संक्रमितको मृत्यु

कोर्पोरट आवाज डट कम