२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश समाचार स्वास्थ्य

सरकारको प्रस्ताव : शव विदेशमै अन्त्येष्टि गर्न दिनुस्, ५० हजार लिनुस्

banner

सरकारले विदेशमा मृत्यु भएका कामदारको परिवारसँग विदेशमै शवको अन्त्येष्टिको अनुमति मागेको छ ।

विदेशमा मृत्यु भएकाहरूको शव ल्याउन चासो नदिएको सरकारले उतै अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

अहिले विदेशमा करिब १११ वटा शव अलपत्र छ । कोभिड-१९ लागेर मृत्यु भएकाहरूको अन्त्येष्टि विदेशमै हुने भएपनि अन्य कारणले मृत्यु भएकाहरू परिवारले शव नेपाल आउने प्रतीक्षा गरिरहेका छन् ।

तर, वैदेशिक रोजागर बोर्डको सचिवालयले उनीहरूको शव विदशेमै अन्त्येष्टि गर्ने अनुमति दिन परिवारलाई बारम्बार आग्रह गर्दै आएको छ । बोर्डले सोमबार एक सूचना निकालेर विदेशमै रहेका आफ्ना नजिकका हकदारबाट अन्त्येष्टिका लागि सहमतिपत्र दिन आग्रह गरेको छ । श्रममन्त्री स्तरकै निर्णयबाट बोर्डले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेपछि निधन भएका कामदारका परिवारलाई यस्तो सुविधा दिने निर्णय भएको बोर्डले जनाएको छ ।

अहिले नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित छ । नेपालमा दैनिक दुई श्रमिकको शव भित्रिने गरेको सरकारी तथ्यांकले देखाउँछ ।

कोरोनाबाट मृत्यु भएकाबाहेकको शव परिवारको सहमतिबिना विदेशमा अन्त्येष्टि गर्न पाइँदैन । लकडाउन लम्बिँदै जाँदा ती शव कहिले नेपाल आइपुग्छन् भन्ने स्पष्ट छैन ।

ad

यो पनि पढौँ

कोरोनाको कहर : गाउँमा डरैडर, सहर सुनसान

कोर्पोरट आवाज डट कम

सर्वाेच्चद्वारा उपचार गर्न नमान्ने स्वास्थ्य संस्थाको विवरण पेश गर्न सरकारसँग माग

कोर्पोरट आवाज डट कम

देशका अधिकांश स्थानमा झरी, मौसमविद् भन्छन्– पर्सिसम्म यस्तै हुन्छ

कोर्पोरट आवाज डट कम