४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

सरकारले भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’

banner

 परराष्‍ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।

परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्र स्रोतले जनाएको छ ।

साथै नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिइएको छ ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर निर्माण गरेको सडक हालै उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।

ad

यो पनि पढौँ

नेपालमा काेरोनाः आज आयो ४२ जनाको रिपोर्ट

कोर्पोरट आवाज डट कम

नवनियुक्त ८ मन्त्रीहरुको सपथ

कोर्पोरट आवाज डट कम

पानी भर्ने चरणमा आइपुग्यो रानीपोखरी

कोर्पोरट आवाज डट कम