२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

गृह मन्त्रालयद्धारा जारी सबै सवारी पास रद्द

banner

 गृहमन्त्रालवाट जारी भएको सबै पास रद्द गरिएको छ ।

 
मन्त्रालयले एक जिल्लाबाट अर्का जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको जनाएको छ । 


कोराना भाईरसको सक्रमण तिव्र रुपमा वढेपछि गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।


यो निर्णय विहिवारदेखि लागु हुने गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले वताएको समाचार अनलाइनखबरले प्रकाशित गरेको छ ।  समाचार अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।


यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।


सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

ad

यो पनि पढौँ

लकडाउन उल्लंघनमा किन रूचि देखाउँदैछ भक्तपुर ?

कोर्पोरट आवाज डट कम

फिलिपिन्सका राष्ट्रपतिले दिए गोली हान्ने आदेश

कोर्पोरट आवाज डट कम

ओलीको सम्बोधनपछि काँग्रेसको प्रतिक्रिया : गल्तीबोध र अठोट खोइ ?

कोर्पोरट आवाज डट कम