२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

अनुमतिबिनै कोरोना संक्रमितको जीन अनुसन्धान गर्न दिएको भन्दै डा. रुनासहित ६ जनालाई स्पष्टिकरण

banner

अनुमतिबिनै पहिलो कोरोनाभाइरस संक्रमितको जीन अनुसन्धान गर्न दिएको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूना झासहित ६ जनासँग लिखित स्पष्टिकरण मागिएको छ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले डा. झासहित प्रयोगशालाकै डा. रञ्जित साह र हेमन्त ओझा, रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे, पूर्व निर्देशक विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बाँस्तोलालाई स्पष्टिकरण सोधेको छ।

‘उहाँहरुले परिषद्को अनुमति नलिई स्याम्पल अनुसन्धान गर्न दिएको भन्ने छ। के कारणले दिइयो भनेर सोधेका हौं’ परिषद्का एक सदस्यले भने, ‘उहाँहरूले गल्ती गरेको पाइए प्रकृया अनुसार कारवाही हुन्छ।’

६ जना नेपालीसहित ८ जना विदेशीले नेपालको पहिलो कोरोना संक्रमित व्यक्तिको जीनबारे अनुसन्धान गरेको रिपोर्ट अमेरिकन सोसाइटी फर माइक्रोबायोलाेजी जर्नलमा प्रकाशित छ।

नेपाल स्वास्थ्य परिषद् ऐन २०४७ को दफा ११ (१) बमोजिम मानव सम्बन्धी अध्ययन् वा अनुसन्धान गर्न परिषद्को अनिवार्य स्वीकृति लिनुपर्ने भन्ने उल्लेख छ। यो राष्ट्रिय अनुसन्धान परिषद् अन्तर्गतकै (इथिकल रिभ्यू बोर्ड) बाट स्वीकृति लिनुपर्छ।

परिषद्का अर्का सदस्य भन्छन्, ‘संक्रमित व्यक्तिको समेत स्वीकृति लिनुपर्छ। तर यहाँ लिएको पाइएको छैन।’

ad

यो पनि पढौँ

चीनबाट के–के आयो ? सोमबार सातै प्रदेशमा पुर्‍याइँदै

कोर्पोरट आवाज डट कम

ओली र मोदीबीच टेलिफोन वार्ता–रोकिएका नागरिकको राम्रो हेरचाह गर्ने

कोर्पोरट आवाज डट कम

स्वास्थ्य सामग्री खरिदका लागि तीन निजी कम्पनीसँग सम्झौता

कोर्पोरट आवाज डट कम