२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

एक आपसमा निषेधका क्रियाकलाप नगर्न गृह मन्त्रालयको आग्रह

banner

सरकारले कोरोना महामारीको संकटका बेला एक आपसमा निषेधका क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार, स्वास्थ्य सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, घरभाडामा बसिरहेकाहरुलाई बिना कारण निकाल्नेजस्ता काम भैरहेको भन्दै गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर आवागमनमा बाधा पुर्याउने, स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेजस्ता काम नगर्न पनि आग्रह गरेको छ । महामारीबाट जोगिन आवश्यक सचेतना अपनाउनुपर्ने भएपनि दुर्व्यवहार गर्नु कानुन विपरीत भएको गृह मन्त्रालयले जनाएको छ ।

कोरोना महामारीविरुद्ध लड्न सबैले सामूहिक प्रयास गर्नुपर्ने तर एक आपसमा निषेधको बाटो अपनाउन नहुने विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयले काममा बाधा पुर्याउने व्यक्तिलाई कानुन अनुसार कारबाही गर्न पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

ad

यो पनि पढौँ

‘उद्धार’ को हवाई टिकटमा सरकारको भूमिका खसी व्यापारीजस्तो !

कोर्पोरट आवाज डट कम

बजेटमा बाबुरामको प्रतिक्रिया : स्वास्थ्य र कृषिमा बजेट पुगेन

कोर्पोरट आवाज डट कम

सिम कार्ड डुप्लिकेशन गरी ठगी धन्दा, बैंक खातामा समेत पहुँच

कोर्पोरट आवाज डट कम