२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

कास्की : लकडाउनमा बाहिरिए ४९ हजार, भित्रिए ३२ हजार

banner

जिल्ला प्रहरी कार्यालयले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरेर गत चैत ११ देखि वैशख ३१ सम्म जिल्लामा  ३२ हजार ६ सय २४ मानिस बाहिरबाट आएको तथा सानाठूला  १२ हजार ७ सय १८ सवारी साधन भित्रिएको र कास्कीबाट १४ हजार ५ सय १५ सवारी जिल्ला बाहिरिएको तथ्याङ्क रहेको छ । 

सो समयमा पासको दुरुपयोग गर्ने २ सय ७३ जनालाई कास्की प्रहरीले कारबाही गरिएको जनाएको छ । त्यस्तै सवारी चालक अनुमतिपत्र नलिएका, म्याद सकिएको पास प्रयोग गरेका, अर्कै व्यक्तिको सवारी पास प्रयोग गरेका, एउटा सवारी साधनको पास लिएर अर्को सवारी साधन चलाएका, तोकिएको स्थानभन्दा अर्कै स्थानमा सवारी चलाएका र क्षमताभन्दा बढी यात्रु बोक्ने र प्रयोजन विपरीत सवारी चलाउनेहरु कारबाहीमा परेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश सरकारले गत वैशाख दोस्रो सातादेखि निर्माणलाई सहज बनाउने निर्णय गरेपछि पोखरामा लकडाउन केही खुकुलो देखिएको थियो  । देशमा कोरोनाको सङ्क्रमण दर बढ्न थालेपछि कास्की प्रशासनले  वैशाख ३१ अघिका पास खारेज गरेर लकडाउनलाई कडाइ गरेको छ ।

यस अवधिमा अपराधसम्बन्धी ८५ ओटा मुद्दा दर्ता भएका छन् जसमध्ये चैतमा मात्र ६७ मुद्दा दर्ता भएका छन् ।  बैंकिङ कसुरका १० मुद्दा परेका छन् ।

ad

यो पनि पढौँ

अब अर्ग्यानिक जीवनशैली अपनाउने कि ?

कोर्पोरट आवाज डट कम

सनराइज बैंकद्वारा गण्डकी प्रदेश सरकारलाई ५० थान पीपीई सहयोग

कोर्पोरट आवाज डट कम

कोरोनाविरुद्ध वीर अस्पताल : एम्बुलेन्स चालकलाई तालिम, भेन्टिलेटर र आइसियू बेड तयार

कोर्पोरट आवाज डट कम