४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

सिम कार्ड डुप्लिकेशन गरी ठगी धन्दा, बैंक खातामा समेत पहुँच

banner

सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  मकवानपुरको हेडौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो । 

सामाजिक संजाल फेसबुक तथा व्याटसएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै उनले पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज लिने गरेका थिए । सोको आधारमा पीडितको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखेको खुलासा भएको छ । उनले पीडितको नाममा मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम समेत निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका खुलेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।      

ad

यो पनि पढौँ

कोरोना महामारी : पशुपतिनाथ मन्दिर साउनमा पनि नखुल्ने

कोर्पोरट आवाज डट कम

विद्युत तार भूमिगत पारेसँगै पोल पनि हटाइँदै, अब कहाँबाट दिने इन्टरनेट सेवा ?

Corporate Aawaj

काठमाडौं महानगरको बजेट पारितः ५० प्रतिशत बीमा शुल्क बेहोरिने, सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट

कोर्पोरट आवाज डट कम