२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
विदेश समाचार

भारतका प्रधानमन्त्री मोदी युएइ भ्रमणमा 

banner

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार अबुधाबी पुगेका छन्।

अबुधाबीका पूर्व शासक तथा युएइका पूर्व राष्ट्रपति स्वर्गीय शेख खालिफा बिन जायद अल नाह्यानप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनी अबुधाबी पुगेका हुन्। खालिफाको गत मे १३ मा निधन भएको थियो। 

जर्मनीमा भएको जी ७ शिखर सम्मेलन सम्पन्न गरेर स्वदेश फर्किने क्रममा मोदीले अबुधाबीको भ्रमण तय गरेका हुन्। 

उनले अबुधाबीमा रहेका बेला वर्तमान नयाँ राष्ट्रपतिसँग भेटवार्ता पनि गर्ने जनाइएको छ। युएइका दोस्रो राष्ट्रपति खेश खालिफाको निधनपछि शेख मोहम्मद बिन जायद अल नाह्यान राष्ट्रपति बनेका छन्। नवनियुक्त राष्ट्रपति शेख मोहम्मदलाई प्रधानमन्त्री मोदीले भेटेर बधाई समेत दिएका छन्। उनी युएईको तेस्रो राष्ट्रपति बनेका हुन्।

अबुधाबीको शासक तथा युएईको राष्ट्रपतिमा निर्वाचित भएपछि खेश मोहम्मदसँग मोदीको पहिलो भेट हो। मोदीलाई स्वागत गर्न राष्ट्रपति खेश विमानस्थलमै पुगेका थिए।

भेटवार्ताका क्रममा उनीहरूले आपसी सहकार्य र सहयोग आदान प्रदानका बारेमा कुराकानी गर्नुका साथै आपसी सम्बन्ध थप बलियो बनाउने बारेमा पनि छलफल गर्ने भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले जनाइएका छन्।

ad

यो पनि पढौँ

राष्ट्रिय वाणिज्य बैंककाे क्रेडिट कार्ड सेवा सुरु, ५ लाखसम्मको क्रेडिट लिमिट पाइने

कोर्पोरट आवाज डट कम

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राखेर सार्वजनिक यातायात खोल्ने तयारी, प्रजिअहरूको बैठक बस्दै

कोर्पोरट आवाज डट कम

दुई साताभित्र रोजगारीका लागि इजरायल जान आवेदन खुल्दै, को जान पाउँछन् ?

कोर्पोरट आवाज डट कम