२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

भक्तपुरका कोरोना संक्रमित व्यक्ति काठमाडौं महानगरको सफाई कर्मचारी

banner

भक्तपुर जिल्लामा पहिलोपटक एक स्थानीयमा कोरोना भाइरस संक्रमण भएको पत्ता लागेको छ ।

भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेल (योसीखेल)मा बस्ने ४२ वर्षीय पुरुष जेठ ६ गते कोरोना भाइरस संक्रमित भएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको हाे । उनी काठमाडौं महानगरपालिकाका सफाई कर्मचारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधानले बताए ।

संक्रमित व्यक्तिलाई गएराति १ः३० बजे काठमाडाैंको बलम्वुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिएको र संक्रमित बस्ने क्षेत्रमा कट्याक्ट ट्रेसिंङ गरेर सो क्षेत्रलाई सिल गरिएको एसपी प्रधानले बताए ।

एक हप्ताभित्र भक्तपुर जिल्लामा ३ जना संक्रमित भेटिएका छन् । मंगलबार भक्तपुर नगरपालिका वडा नं.५ भेलुखेल (योसींखेले)मा १ जना पुरुषमा भाइरस संक्रमित भएको पुष्टि गरेको हो ।

यसअघि गत बैशाख ३१ गते भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका शंखधर चोकमा कोठा भाडामा लिएर बस्ने एक २५ बर्षीय महिलामा र चाँगुनारायण नगरपालिका दुवाकोटमा बस्ने एक पुरुषमा कोरोना भाइरस भेटिएको थियो ।

ad

यो पनि पढौँ

थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ४८ पुग्यो

कोर्पोरट आवाज डट कम

अमेरिकन आइडलको टप १० मा उक्लिए दिवेश

कोर्पोरट आवाज डट कम

मर्निङवाक, लकडाउन उल्लङ्घन

कोर्पोरट आवाज डट कम