२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

भक्तपुरमा महिला जनप्रतिनिधिलाई कोरोना संक्रमण

banner

एक महिला जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर नगरपालिका उच्च सर्तकता अपनाइएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो ।

भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको सोही वडाका  वडाअध्यक्ष रविन्द्र ज्याख्वाले रातोपाटीलाई जानकारी दिएका छन् । 

वडाअध्यक्ष ज्याख्वाले भने, ‘उहाँको पीसीआर रिपोर्टमा पोजेटिभ आएको छ, हामीले उहाँको टोल वरपर सिल गर्ने तयारी गरेका छौं ।’

उनी उपत्यकाबाहिर पनि नगएको र कसरी संक्रमण भयो भन्ने अन्योलमा रहेको समेत वडा अध्यक्षले बताएका छन् । 

संक्रमितलाई शुक्रबार राति नै पाटन अस्पताल लगिएको छ भने परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको छ । उनीहरुको समेत परिक्षण गर्ने तयारी भइरहेको वडा अध्यक्षले बताए । 

वडा अध्यक्षलगायतका अन्य जनप्रतिनिधि भने क्वारेन्टाइनमा बसेका छन् । 

शुक्रबार २९ जना जनप्रतिनिधिको रिपोर्ट आएको थियो जसमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।

महानगरीय प्रहरी वृत्त  जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले संक्रमित जनप्रतिनिधिको घर, टोलमा सिल गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । 

ad

यो पनि पढौँ

हर्कलाई सफल बनाउन ज्यान फालेर फिल्डमा उत्रिए धरानका युवा

Corporate Aawaj

संक्रमित एक त्रिवि शिक्षण अस्पतालका चिकित्सक भएको आशंका

कोर्पोरट आवाज डट कम

शोकमा बलिउड, रहेनन् अभिनेता इरफान खान

कोर्पोरट आवाज डट कम