४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

भक्तपुरमा सामूहिक बलात्कार, एक जना पक्राउ

banner

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार भएका छन् । 

जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी महिलालाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएको प्रहरीले जानकारी दिएको छ । गिरीले युवतीलाई कोठामा ल्याएर पहिला आफूले जबरजस्ती करणी गरेको र कोठाबाट भाग्न उम्किन नदिई साथीहरुलाई बोलाएको पीडित युवतीले प्रहरी समक्ष बताएकी छिन् ।

गिरीले अन्य ४ जना साथीलाई समेत आफ्नो कोठामा बोलाई सबैले पालैपालो रातभरी करणी गरी भागीको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताएका छन् । 

प्रहरीले ९ गते पीडित महिलाले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी गरेपछि हुलिया र बिवरणका आधारमा निजहरु भाग्न उम्किन सक्ने सम्पूर्ण स्थानहरुमा खोजतास गरेको थियो । 

काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका. स्थायी घर भई मध्यपुरथिमि नगरपालिका वडा नं. ६ पुरानोथिमि बस्ने बर्ष २९ को कवाङ लामालाई प्रहरीले पक्राउ गरेको हो । 

लामा पुरानोथिमीमा लुकीछिपी बसेको अवस्थामा ९ गते पक्राउ गरी ११ गते भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप गरि थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी डीएसपी गिरीले बताए । 
फरार रहेका रोहित गिरी लगायतको खोजी कार्य भइरहेको समेत प्रहरीले जानकारी दिएको छ । 

ad

यो पनि पढौँ

ग्लोबल आईएमई : यसरी सम्भव भयो ७७ जिल्लामा सेवा विस्तार गर्ने पहिलो निजी बैंक

कोर्पोरट आवाज डट कम

पछिल्लो २४ घण्टामा २७६० जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या ४०१७

कोर्पोरट आवाज डट कम

थामिएन अमेरिकामा कोरोना महामारी: मृतक ३७ हजार माथि, संक्रमित ७ लाख

कोर्पोरट आवाज डट कम