२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
विदेश समाचार

बलिउड संगीतकार वाजिद खानको गए राति निधन

banner

 बलिउड संगीतकार वाजिद खानको गए राति निधन भएको छ। संगीतकार जोडी साजिद-वाजिदमध्येका हुन् उनी। गायक सोनु निगमले आफ्नो फेसबुक पेजमार्फत वाजिदको निधन भएको पुष्‍टि गरेका हुन्।

वाजिदको परिवारले पनि बीबीसीसँग उनको निधन भएको पुष्‍टि गरेको छ। परिवारका एक सदस्यले भने, “उनको आत्माको शान्तिका लागि प्रार्थना गरिदिनुहोस्।” उनी मिर्गौलाका रोगी थिए। दुई वर्षअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

घाँटीमा पनि संक्रमण देखिएपछि मुम्बईको चेम्बुरस्थित अस्पतालमा उनलाई भर्ना गरिएको थियो। निधनपछि उनको कोभिड-१९ को परीक्षण पनि गरिएको अस्पतालले जनाएको छ, जसको रिपोर्ट आइसकेको छैन।

उनको अन्तिम गीत बन्यो, ‘भाइ-भाइ’। एक साताअघि मात्र उक्त गीत सार्वजनिक भएको थियो, जुन अभिनेता सलमान खानसँग मिलेर तयार पारेका थिए।

सांगीतिक जोडी साजिद उनका भाइ हुन्। सन् १९९८ मा सलमान खान अभिनित फिल्म ‘मैने प्यार किया’बाट वाजिद पनि चर्चामा आएका थिए। 

ad

यो पनि पढौँ

नेपाल भ्रमण वर्ष २०२० स्थगित

कोर्पोरट आवाज डट कम

बैंकहरुको बेस रेट कोभिड अघिको भन्दा माथि

कोर्पोरट आवाज डट कम

मकै बेच्दै हिँडेकी महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि बालेन्द्रको विरोध

Corporate Aawaj