२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद फिचर

बार्सिलोनाको पहिलो खेल रियल मालोर्कासंग

banner

बार्सिलोनाले रियल मालोर्कासंग खेल्दै ला लिगाको उपाधि रक्षा अभियान अघि बढाउने भएको छ । कोरोनाका कारण अबरुद्ध सिजन पुन सुरु हुँदै गर्दा बार्सिलोनाले लिगको पहिलो खेलमा रियल मालोर्कालाई प्रतिद्धन्दीको रुपमा पाएको छ ।

प्रधानमन्त्री पेड्रो साञ्चेजले घरेलु फुटबल पुन सुरु गर्ने औपचारिक घोषणा गरेपछि स्पेनको शीर्ष डिभिजनको ला लिगा मैदान फर्कन लागेको हो ।

नयाँ तालिका अनुसार बार्सिलोनाले जुन १३ मा रियल मालोर्कासंग प्रतिस्पर्धा गर्नेछ । यस्तै, अबरुद्ध सिजनको पहिलो खेलमा रियल बेटिस र सेभिल्ला भिड्नेछन् ।

बार्सिलोनाले लिगमा रियल मड्रिडसंग २ अंकको अग्रता लिएको छ । रियलले पहिलो खेलमा जुन १४ मा ईबरसंग प्रतिस्पर्धा गर्नेछ । यस्तै, बार्सिलोनाले जुन १६ मा लेगानेसलाई आतिथ्यता प्रदान गर्दा रियलले जुन १८ मा घरेलु मैदानमा भ्यालेन्सियासंग खेल्नेछ ।

आयोजकले सुरुवाती दुई चरणको मात्र खेल तालिका सार्वजनीक गरेका छन् । ला लिगा प्रमुख जाभियर ताबेसले जुलाई १९ मा प्रतियोगिता सकिनु अघि हप्तामा हरेक दिन खेल हुने बताएका छन् ।

युरोपको शीर्ष ५ लिग फुटबलमा कोरोना महामारीपछि सुरु हुन लागेको ला लिगा दोस्रो प्रतियोगिता हो । यसअघि बुन्डेसलिगा मेबाट सुरु भईसकेको छ । यस्तै, प्रिमियर लिग समेत जुन १७ बाट सुरु गर्ने तयारी गरिएको छ । 

ad

यो पनि पढौँ

भलिबलको प्रशिक्षणबाट नौ खेलाडी बाहिर, १८ खेलाडी सहित प्रशिक्षण जारी रहने

कोर्पोरट आवाज डट कम

‘कौटिन्हो पुनः प्रिमियर लिग क्लब फर्कन चाहन्छन्’

कोर्पोरट आवाज डट कम

स्वास्थ्य मन्त्रालयले भन्यो-पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन

कोर्पोरट आवाज डट कम