२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

नक्सा मात्र होइन, नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउने संकल्प गरौं: गगन थापा

banner

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाइछाड्ने संकल्प गर्नुपर्ने बताएका छन्।

अद्यावधिक नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको छलफलमा भाग लिँदै मंगलबार सांसद थापाले विदेशी सेनालाई पनि फिर्ता पठाउनुपर्ने बताए।

‘सरकारले नक्सा ल्यायो धन्यवाद,’ उनले भने, ‘संसदमा दुइटा संकल्प प्रस्ताव संसदमा दर्ता छ। कांग्रेस र नेकपाका सांसदको। त्यो प्रस्ताव एउटै बनाऔं र संविधान संशोधनसँगै नक्सा मात्र होइन यो भूमिबाट विदेशी सेना फिर्ता पठाएर छाड्छौं भन्ने संकल्प गरौं। सरकारलाई पूरा साथ रहन्छ।’

उनले सरकारलाई गफ मात्र होइन काम पनि गर्न आग्रह गरे। ‘सरकार गफ मात्र होइन काम पनि गर,’ उनले भने, ‘खुट्टा नकमाऊ। संसदप्रति जवाफदेही होऊ। उत्तेजना र आवेग होइन, सहास र संयमताका चाहिएको छ।’

उनले माटो जोगाउने मुद्दामा प्रधानमन्त्रीलाई साथ रहेको बताउँदै मान्छेका बारेका मुद्दा पनि भुल्न नहुने बताए।  

‘नक्सा जारी गर्दा एक भएर उभिएका छौं। विदेशी सेना फिर्ता पठाउन पनि एक ठाउँमा उभिनेछौं,’ उनले भने। कालापानीलगायत नेपाली भूमिमा लामो समयदेखि भारतले सेना राख्दै आएको छ।

ad

यो पनि पढौँ

बागलुङकी युवतीमा कारोना भाइरस संक्रमण

कोर्पोरट आवाज डट कम

भक्तपुर नगरपालिकामा आरडीटी परीक्षण सुरु

कोर्पोरट आवाज डट कम

राउटे युवतीमाथि दुर्व्यवहार प्रकरण : राउटे बस्ती सिल, प्रहरीले बढायो निगरानी

कोर्पोरट आवाज डट कम