४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

बागलुङकी युवतीमा कारोना भाइरस संक्रमण

banner

 बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।  उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले संक्रमण देखिएकी बागलुङकी  युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई  पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ ।

अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

ad

यो पनि पढौँ

नेप्सेमा ९ कम्पनीकाे सेयर सूचिकृत, कुनको कति कित्ता ?

कोर्पोरट आवाज डट कम

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबार दशैं अगाडि नै

कोर्पोरट आवाज डट कम

सिभिलले २२ करोडमा किनेको एमआरआई मेसिन प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै

कोर्पोरट आवाज डट कम

Leave a Comment