२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

नेपाल–भारत सीमानजिक सलहको दुई समूह

banner

 नेपाल–भारत सीमा नजिक सलहको दुई वटा समूह आएको र ती छिटै नेपाल प्रवेश गर्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रमा रहेको सलह सूचना केन्द्रले भारतको उत्तर प्रदेशको इटावा क्षेत्रमा १०० हेक्टर र ५५ हेक्टर क्षेत्रफलमा २ वटा झुण्ड देखिएको बताएको छ ।

प्लाण्ट भिलेजले उपलब्ध गराएको सूचना अनुसार बिहान ६ बजे ती क्षेत्रमा सलह देखिएको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले अनलाइनखबरलाई बताए । ‘आगामी तीन दिनको हावाको बहावको पूर्वानुमान अनुसार ती सलह फत्तेपुर (सप्तरी) सम्म आइपुग्ने अनुमान छ’ सुवेदीले भने ।

कुनैपनि बेला सलहको झुण्ड नेपाल छिर्न सक्ने भन्दै केन्द्रले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै सलह भित्रिए कृषि प्राविधिक वा स्थानीय तहमा खबर गर्न पनि अपिल गरेको छ ।

अघिल्लो हप्ता प्रवेश गरेको सलह अहिले दाङ र प्युठानको सेरोफेरोमा रहेको छ । अर्घाखाँचीमा रहेको सलह पनि प्यूठानतर्फ गएको केन्द्रले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि सलह देखिएको छ । ती सलहले दक्षिण पश्चिमबाट उत्तरपूर्व तर्फ यात्रा गर्ने सम्भावना रहेको केन्द्रले बताएको छ ।

ad

यो पनि पढौँ

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

कोर्पोरट आवाज डट कम

कपिलवस्तुको विजयनगरमा आगलागी हुँदा २५ घर–गोठ जले

कोर्पोरट आवाज डट कम

एकै दिन १६८ जनामा कोरोना संक्रमण, ७७० सक्रिय संक्रमित

कोर्पोरट आवाज डट कम