२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

जसपाका ८ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिँदै

banner

 जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । 

बालुवाटार स्रोतका अनुसार शुक्रबार साँझ शपथ गराउने गरी जसपा नेतालाई प्रधानमन्त्री केपी ओलीले सरकारमा सहभागी गराउन लागेका हुन् । 

जसपाले राजेन्द्र महतोको नेतृत्वमा नेताहरुलाई सरकारमा पठाउन लागेको हो । महतोलाई उपप्रधानमन्त्रीसहितको कुनै एक मन्त्रालय दिने तयारी ओलीले गरेका छन् । आठ बजे शपथ गर्नेगरी तयारी भइरहेको छ । 

जसपाको तर्फबाट शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, एकबाल मिया, रेणुका गुरुङ, चन्दा चौधरी मन्त्री बन्दैछन् । 

जसपा नेता केशव झाका अनुसार राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी- ऊर्जा, अनिल झा- खानेपानी, बिमल श्रीवास्तव- श्रम, उमाशंकर अरगरिया- युवा, लक्ष्मणलाल कर्ण-  भूमी व्यवस्था, चन्दा चौधरी – महिला, एकबाल मियाँ- वन, चन्द्रकान्त चौधरी – ऊर्जा  राज्य मन्त्री, रेणुका गुरुङले महिला राज्य मन्त्रीको रुपमा शपथ  लिँदैछन् । 

ad

यो पनि पढौँ

प्रधानमन्त्रीका सल्लाहकारलाई ह्याकरको आरोप, ई–सेवा बहिष्कार गर्ने प्रयोगकर्ताको तयारी

कोर्पोरट आवाज डट कम

जी सेभेनका देशले १ अर्ब डोज खोप दान गर्ने

कोर्पोरट आवाज डट कम

इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोलको मूल्य १२७ पुग्यो

कोर्पोरट आवाज डट कम