४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग शिक्षा

‘नो अब्जेक्सन लेटर’ वितरण खुल्ला गर्ने निर्णय

banner

 सरकारले विदेशमा अध्ययन गर्न जानेहरुका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ ।

विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको शिक्षा मन्त्रालय स्रोतले बतायो ।

शिक्षा मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउँदै आएको छ ।

विदेश अध्ययनका लागि विद्यार्थीहरुको रोजाइमा अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, चीनलगायतका देश पर्दछन् ।

नो अब्जेक्सन लेटर लिनेहरुको संख्या हरेक वर्ष बढ्दो छ । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार हरेक वर्ष विदेश अध्ययन गर्न जान चाहने झण्डै एक लाखले ‘नो अब्जेक्सन लेटर’ लिँदै आएका छन् ।

ad

यो पनि पढौँ

७६ दिनकोलकडाउन खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँ, भन्छन्, ‘घरभित्र बस्दा म पागलझैं थियौं’

कोर्पोरट आवाज डट कम

अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनासँग जुध्न नेपालसहित २५ सदस्य देशलाई ५० करोड डलर सहयोग गर्ने

कोर्पोरट आवाज डट कम

तिलगंगामा कारको ठक्करबाट ट्राफिक प्रहरी गम्भीर घाइते

कोर्पोरट आवाज डट कम