४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

निजी अस्पतालले २० प्रतिशत बेड छुट्याएमात्र कोरोना परीक्षण गर्न पाउने

banner

कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउने निजी अस्पतालहरूले पिसिआर परीक्षणको अनुमति पाउने भएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशााला टेकुले सूचना जारी गर्दै निजी अस्पतालले २० प्रतिशत र मेडिकल कलेजले एक तिहाइ बेड छुट्याए पिसिआर परीक्षणको अनुमति प्रदान गरिने जनाएको हो।

यसअघि सरकारले कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पतालहरूको पिसिआर परीक्षण अनुमति खारेज गर्ने चेतावनी दिएको थियो।

निजी अस्पतालहरूले भने कोभिड र ननकोभिड बिरामीलाई एकैठाउँमा उपचार गर्न नसकिने जनाउँदै आएका छन्। यसबारे सरकार र निजी अस्पताल सञ्चालकहरूबीच ठोस छलफल भएको छैन।

अहिले निजी अस्पतालहरूमा स्टार, केएमसी, ह्याम्स र मेडिसिटीले पिसिआर परीक्षण गर्दै आएका छन्।

ad

यो पनि पढौँ

शिक्षामन्त्रीलाई गगनको प्रश्न : राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?

कोर्पोरट आवाज डट कम

तेल उत्पादक देशले २० प्रतिशतभन्दा बढी तेल कटौती गर्ने

कोर्पोरट आवाज डट कम

सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा श्यामबाबु यादव

कोर्पोरट आवाज डट कम