४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

भक्तपुरका कोरोना संक्रमितको मृत्यु

banner

काभ्रेस्थित धुलिखेल अस्पतालमा मंगलबार राति भक्तपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय व्यक्तिको उपचारका क्रममा राति ११ः५५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए।

आइतबार अस्पताल भर्ना गरिएको उनलाई सोमबार संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख झाले बताए।

डा. झाका अनुसार संक्रमित व्यक्ति मुटु, थाइराइड, ब्लड प्रेसर लगायतका बिरामी थिए।

योसँगै कोरोना भाइरस संक्रमणबाट काभ्रेमा जिल्लाभित्र र बाहिरका दुई-दुई जनाको मृत्यु भएको छ।

ad

यो पनि पढौँ

यसरी बन्दैछ स्वदेशमै स्यानिटाइजर

कोर्पोरट आवाज डट कम

शिक्षामन्त्रीलाई गगनको प्रश्न : राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?

कोर्पोरट आवाज डट कम

कोरोनासँग जुध्न चुक्दै सरकार

कोर्पोरट आवाज डट कम