२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

पर्सा निकुञ्‍जमा सेना र तस्करबीच गोली हानाहानः एक तस्करको ज्यान गयो, एक जमदार घाइते

banner

काठमाडौँ — लकडाउनको मौका छोपेर वन्यजन्तुको सिकार गर्न पर्सा निकुञ्जको महादेवखोला क्षेत्र पुगेका तस्कर र गस्तीमा रहेको नेपाली सेनाबीच गोली हानाहान हुँदा एक तस्करको ज्यान गएको छ । 
निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार रामका अनुसार हेटौंडा उपमहानगरपालिका १३ बस्ने भीमलाल मोक्तानको जवाफी कारबाहीमा घटनास्थलमै ज्यान गएको हो।

११ जनाको समूह लकडाउनको मौका छोपेर सिकार खेल्न निकुञ्ज छिरेका थिए। सिकारी समस्हका हेटौंडा उपमहानगरपालिका १३ का मोहनसिंह दोंगलाई पक्राउ गरिएको छ। अरु सबै भागेका छन्।
उनलाई निकुञ्जको मुख्यालय आधाभारस्थित् थुनुवा कक्षमा राखेर अनुसन्धान गरिरहेको रामले कान्तिपुरलाई बतए। सिकारी समूहबाट दुई थान भरुवा बन्दुक, गोलीगठ्ठा, अन्य हतियारसमेत बरामद गरिएको छ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्ती टोलीलाई देखेर सिकारी समूहले फायरिंङ गरेपछि जवाफी कारबाहीमा एक जना सिकारीको ज्यान गएको जानकारी दिए। पर्सा निकुञ्ज पर्सा, बारा र मकवानपुरमा फैलिएको छ। घटनास्थल पर्सा जिल्लामा पर्छ।
तीन वर्षअघि आरक्षबाट निकुञ्ज बनाइएको पर्सामा बाघ, एकसिंगे गैंडा, हात्ती छन्। मृग प्रजातिको संख्या बढेका कारण बाघ पनि बढेका छन्। मृग प्रजातिको सिकारका लागि तस्करको समुह भित्र पसेको हुन सक्ने निकुञ्जले बताएको छ।

ad

यो पनि पढौँ

ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुपर्नेमा देउवातिर किन लाग्नुभयो ?

कोर्पोरट आवाज डट कम

लकडाउन उल्लंघनमा किन रूचि देखाउँदैछ भक्तपुर ?

कोर्पोरट आवाज डट कम

प्रचण्ड-माधव गठवन्धनवाट त्रसित प्रधानमन्त्री ओलीले जारी गराए दल विभाजन गर्न सजिलो अध्यादेश

कोर्पोरट आवाज डट कम

Leave a Comment