२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

यी स्थानमा महंगो भयो पार्किङ शुल्क, नो पार्किङमा पार्क गरे १० हजार जरीवाना

banner

काठमाडौं । काठमाडौं महानगरले पार्किङ दर निर्धारण गरेको छ । महानगरले काठमाडौंको स्थानअनुसार फरक फरक पार्किङ दर तोकेको हो ।

महानगरले जारी गरेको आर्थिक ऐन २०७८ अनुसार दरवारमार्ग, न्युरोड, कान्तिपथ, रत्नपार्क, लैनचौर र त्रिपुरेश्वर क्षेत्रमा मोटरसाइकल तथा स्कुटर पार्किङ गर्दा पहिलो ३० मिनेटको १५ रुपैयाँ र १ घन्टाको २५ रुपैयाँ निर्धारण गरेको हो । त्यस्तै सोहि स्थानमा चारपांग्रे सवारी साधन पार्किङ गर्दा पहिलो ३० मिनेटको ५० र एक घन्टाको ८० रुपैयाँको दरले पार्किङ शुल्क तिर्नु पर्ने छ ।

माथि तोकिएको स्थानभन्दा महानगरको अन्य स्थानमा पार्किङ गर्दा दुई पाङ्ग्रेलाई प्रतिघन्टा १५ रुपैयाँ तोकिएको छ । त्यस्तै चारपाङ्ग्रे सावरी साधनका हकमा भने ४० रुपैयाँ र हेभी सवारी साधनले प्रतिघन्टा १०० रुपैयाँका दरले पार्किङ शुल्क तिनु पर्नेछ । तर, इलेक्ट्रीक सवारी साधन पार्किङ गर्दा भने कुनै पनि शुल्क तिर्नु पर्ने छैन । त्यस्तै बिशेष अपांगता भएको व्यक्तिले प्रयोग गर्ने सवारी साधनमा पनि पार्किङ शुल्क लाग्ने छैन ।

महानगरले पार्किङ निषेधित स्थानमा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गरेको पाइएमा १ हजार र तीन पाङ्ग्रे सवारी साधनमा २ हजार जरिवाना लाग्ने बनाएको छ ।

चारपाग्रे सवारी साधनको हकमा भने इन्जिन क्षमता अनुसार जरिवाना लाग्ने भएको छ । १ हजार सीसीसम्मको सवारी साधन अनाधिकृत पार्किङ गरेमा २ हजार ५ सय रुपैयाँ, १ हजारदेखि १ हजार ५ सय सीसीसम्मको ५ हजार रुपैयाँ, १ हजार ५ सयदेखि २ हजार २ सय सीसीसम्म ७ हजार रुपैयाँ र २ हजार २ सय सीसीभन्दा माथिका साधनलाई १० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको हो ।

ad

यो पनि पढौँ

पर्सा निकुञ्‍जमा सेना र तस्करबीच गोली हानाहानः एक तस्करको ज्यान गयो, एक जमदार घाइते

कोर्पोरट आवाज डट कम

धारिलो हतियारधारीबाट बच्न ल्याएको उपकरण लकडाउनमा काम लग्यो, कसरी गर्छ यसले काम?

कोर्पोरट आवाज डट कम

एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकको विजनेसमा गिरावट, असारमा यी ७ बैंकको पफर्मेन्स घट्यो

कोर्पोरट आवाज डट कम