
महानगरीय प्रहरी बृत्त थानकोटले लक डाउन तोड्नेलाई नियन्त्रणमा लिएको छ ।
चन्द्रागिरि नगरपालिकाको नैकाप, तीनथाना, धौलागिरि आवास, सिभिल हेम्स, मत्स्यगाउँ, मातातीर्थ, पाल्टेन प्लटिङ, पानीघाट, थानकोट बजार, गुर्जुधारा, सतुंगल, दहचोक, बाँडभञ्ज्याङलगायतका स्थानबाट २९ जनालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले लक डाउन तोडी अटेर गरेर घरबाट बाहिर निस्कन थालेपछि आजबाट नियन्त्रणमा लिन थालेको बताउनु भयो । उहाँले नियन्त्रणमा लिएका अधिकांश व्यक्तिहरु आफन्त, छरछिमेकको घरमा जान लागेको र गएर आएको सोधपुछ गर्दा बताएको जानकारी दिनुभयो । प्रहरीले नियन्त्रणमा लिइएका अधिकांश व्यक्तिहरु कोठमा बस्ने गरेको र केही स्थानीय पनि रहेका छन् । नियन्त्रणमा लिएका सबैलाई घरबाट बाहिर ननिस्कन चेतावनी दिई छोडेको र अबका दिनमा लक डाउन तोड्ने व्यक्तिसँग कडा रुपमा प्रस्तुत हुने समेत श्रेष्ठ बताउनु हुन्छ । उहाँले अबका दिनमा लक डाउन तोड्न व्यक्तिलाई संक्रमण रोग ऐन २०२० को मुद्दा चलाइने पनि उल्लेख गर्नुभयो ।
नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले उच्च जोखिम क्षेत्र रहेकोले संक्रमण फैलन नदिन नेपाल सरकारले अपनाएको सुरक्षालाई हामी सबैले पालना गर्न जरुरी छ । आफु पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने नारालाई यतिखेर सार्थक बनाउनु छ । अनावश्यक रुपमा घरबाट बाहिर निस्कनु बहादुरी होइन । यसले तपाई त असुरक्षित हुनुहुने नै छ तपाईको परिवार र समाज पनि त्यतिकै असुरक्षित बन्ने छ । तपाईको सानो गल्लीले समाज र देश नै खतरामा पर्न सक्छ । यदि तपाईहरुले आजबाट लक डाउन तोड्नु भयो भने प्रहरीको लक डाउनमा पर्नु होला सचेत होऊ ।


