५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सेयर

अब मेरोशेयरको पासवर्ड बिर्सिएमा आफैले पासवर्ड रिसेट गर्न सकिने, यस्तो छ प्रक्रिया

banner

लगानीकर्ताले मेरोशेयरको पासवर्ड बिर्सदा भोग्नु परेको समस्याको अन्त्य भएको छ। केन्द्रिय निक्षेप प्रणाली सिडीएससीले लगानीकर्तालाई नै पासवर्ड रिसेट गर्ने विकल्प दिएको हो । 

यस संगै आज शुक्रबारदेखि लगानीकर्ताले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफै रिसेट लिंक प्राप्त गरि पासवर्ड परिवर्तन गर्ने सक्ने छन् । यस अघि पासवर्ड बिर्सिएको खण्डमा सिडीएसले १०० पटक कोसिश गर्न सक्ने विकल्प दिएकोमा अब भने सिडीएसले ‘फरगट पासवर्ड’को विकल्प दिएको हो । 

पासवर्ड बिर्सिएमा रिसेट लिंक मगाएर लगानीकर्ताले नै पासवर्ड रिसेट गर्न सकिने ब्यबस्था सिडीएसले गर्न लागेको हो । यसो भएमा लगानीकर्ताले पासवर्ड बिर्सिए पनि आफै जुनसुकै समयमा परिवर्तन गर्न सक्ने छन् । 

यस्तो छ पासवर्ड रिसेट गर्ने तरिका :

 १. मेरोशेयर खोलेर Forgot your password? मा क्लिक गर्ने 

२. निक्षेप सदस्य, युजर नेम, इमेल आइडी र जन्ममिति राखेर क्लिक सेन्ड बटनमा क्लिक गर्ने

३.राखेको जानकारी हुबहु मिलेमा “New password has been sent to your email” भन्ने म्यासेज आउछ , र हुबहु नमिलेमा “The information you have provided doesn’t match with the registered information” भन्ने संदेश आउछ 

४.जानकारी मिलेको भए इमेलमा नयाँ पासवर्ड आउने छ 

५. धेरै पटक पासवर्ड रिसेट गर्ने कोशिस गरेमा “Maximum forgot password attemped’ भन्ने संदेश आउछ र यस्तो भएमा अर्को दिन मात्र फेरी कोशिस गर्न पाइने छ 

यस अघि भने पासवर्ड बिर्सिएमा आफ्नो डिपी अर्थात् जहाँ खाता खोलेको हो, त्यहाँ सम्पर्क गरेर पासवर्ड रिसेट गर्ने लिंक मगाउने पर्ने बाध्यता थियो । डिपी कार्यालय समयमा मात्र खुल्ने भएकोले कार्यालय समयमा बाहेक लगानीकर्ताले पासवर्ड रिसेट गर्न सक्ने विकल्प थिएन । यसको कारण लगानीकर्ताले सास्ती भोग्दै आएका थिए । 

facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button
ad

यो पनि पढौँ

कैलाली उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढ्दै, दुवै टीम प्यानलसहित मैदानमा

कोर्पोरट आवाज डट कम

एनएसएलको सफलतासँगै निरन्तरतामा प्रश्न

कोर्पोरट आवाज डट कम

भेरोसेलको दोश्रो मात्रा लगाउन सर्वसाधारणको लाइन

कोर्पोरट आवाज डट कम