४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

दुबईबाट आएर आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु

banner

बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ।

सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।

थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको डाक्टर थापाले बताए।

घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए।

थापालाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको डाक्टर थापाले जानकारी दिए। उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन।

अस्पताल आउनासाथ उनको स्वाब निकालेर काठमाडौं पठाइएको थियो।

‘तर रिपोर्ट आइसकेको छैन,’ डाक्टर थापाले भने,‘ उताबाट सोमबारसम्म आउने जानकारी आएको छ।’ 

ad

यो पनि पढौँ

भक्तपुरमा सुत्केरीमा कोरोना संक्रमण पुष्टि

कोर्पोरट आवाज डट कम

‘एक महिनाअघि भारत जुन ठाउँमा थियो, हामी त्यहीँ छौं’

कोर्पोरट आवाज डट कम

भरतपुर महानगरपालिकामा अब सेवाग्राहीले फाइल बोकेर कोठा चहार्नु नपर्ने!

कोर्पोरट आवाज डट कम

Leave a Comment