
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलास हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार विघटनका मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।
प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध १९ वटा रिट परेका थिए । प्रतिनिधि सभा विघटनविरुद्ध परेका ३० मध्ये १९ रिटमाथि प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा राखेर सुनुवाइ थालेका थिए ।


