२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

एनटीसीको सिस्टममा समस्या,टेलिफोन सेवा अवरुद्ध

banner

काठमाडौं : नेपाल टेलिकमले प्रवाह गर्ने सबै किसिमका टेलिफोन सेवा अवरुद्ध भएका छन । टेलिकमले सञ्चालन गर्दै आएको ल्याण्डलाइन फोन, जीएसएम पोस्टपेड तथा प्रिपेड मोबाइल, हटलाइनल गायत सबै टेलिफोन सेवा बुधबार बिहानै देखि अवरुद्ध भएका छन् ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताएका  छन् । उनका अनुसार बिहान साढे ६  बजेदेखि फोन नलाग्ने समस्या आएको हो । 

उनले सिस्टममा   कहाँनिर समस्या आयो भन्ने पत्ता लागिसके नसकेको  जानकारी दिएका छन् ।

समस्याका बारेमा टेलिकमले आफ्नो वेभसाइटमा समेत कुनै जानकारी राखेको छैन । एनटीसी टेलिफोन सेवाहरुमा आएको समस्याका कारण उपभोक्ताहरुमा हैरानी भएको छ ।  

मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको छ । बिना सूचना सेवा अवरुद्ध हुँदा ग्राहकरुले आफ्नो मोवाइलमा पैसा सकिएर फोन सम्पर्क नभएको हो कि भन्दै  रिचार्ज समेत गरेका  छन् ।

ad

यो पनि पढौँ

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

कोर्पोरट आवाज डट कम

भारतले दियो ७५ एम्बुलेन्स र १७ स्कुल बस अनुदान

Corporate Aawaj

साफ फुटबल नेपालमा आयोजना गर्ने तयारी

कोर्पोरट आवाज डट कम