२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

नेपालका लागि स्वास्थ्य सामाग्री लिएर आएको कार्गो विमान भारत डाइभर्ट

banner

अमेरिकाबाट नेपालका लागि स्वास्थ्य सामाग्री  लिएर आएको कार्गो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर गर्न नसकेपछि भारततर्फ डाइभर्ट गरिएको छ। मौसममा आएको खरावीका कारण सो कार्गो विमान भारततर्फ डाइभर्ट गरिएको स्रोतले जानकारी दियो।

काठमाडौंमा शुक्रबार दिनभर मौसम खराब रहेको थियो। अमेरिकाले नेपाललाई कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने निर्णय गरे अनुसार पहिलो कार्गो विमान शुक्रबार काठमाडौं आइपुग्ने थियो।

अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको थियो। गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी गराएका छन्। कोभिड–१९ महामारीविरुद्ध घोषणा गरिएका सहायतालाई समेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको उल्लेख छ। ‘अमेरिकाले नेपाललाई उपलब्ध गराएको यो सहायताले कोभिड–१९ महामारीविरुद्ध लड्न दक्षिण एसियाली मुलुकलाई सहयोग गर्छ’ उनले भनेका छन् ।

त्यस्तै, ट्वीटमा विदेश मन्त्री ब्लिन्कनले नेपालमा बढिरहेको कोरोनाको संक्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन्।

ad

यो पनि पढौँ

विज्ञको चेतावनी : नेपाली सेनालाई खरिद–बिक्री र ठेक्कापट्टामा लगाउँदा पाकिस्तानको हालत हुन सक्छ

कोर्पोरट आवाज डट कम

सार्वजनिक यातायात संचालन गर्न सरकार सकारात्मक, भोलिसम्म निर्णय आउने

कोर्पोरट आवाज डट कम

राउटे युवतीमाथि दुर्व्यवहार प्रकरण : राउटे बस्ती सिल, प्रहरीले बढायो निगरानी

कोर्पोरट आवाज डट कम