
बलिउड चर्चित कमेडी शो ‘कपिल शर्मा’ २१ जुलाईबाट पुन: प्रसारण हुने भएको छ l दोस्रो पटक बाबु बनेका कपिलले श्रीमती गिन्नी र बच्चालाई समय दिन भन्दै शोलाई फेव्रुवरीबाट अनिश्चितकालको लागी स्थगीत गरेका थिए l नयाँ सिजन बाट प्रसारण हुने यस् शो भारतको चर्चित कमेडी शो मध्ये एक हो । रेटिङका अनुसार कपिल शर्मा शो हाल टप ५ मा रहेको छ । यतिबेला कपिल शोको शुटिङको तयारी गरीरहेका छन् l उक्त खबर भारतिय संचार बलिउड हङगामाले उल्लेख गरेको छ l